अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा लागु औषध सहित पाँच जना पक्राउ परेका छन् । सन्धिखर्क नगरपालिका–१० बिहारमा चेकजाँच गर्दा सन्धिखर्क–१ का प्रतिक भनिने शिलबन्दु कँडेललाई लागू औषध सहित प्रहरीले पक्रेको छ ।
२४ वर्षिय कँडेलको साथबाट लुकाई राखेको अवस्थामा ३६० मिलिग्राम ब्राउन सुगर फेला परेको हो । यस्तै सन्धिखर्कमा बुटवलबाट आउँदै गरेको हाईस चेकजाँचको क्रममा लागु औषधसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उनीहरुको साथबाट १३० मिलिग्राम ब्राउन सुगर नामक लागु पदार्थ फेला परेको हो । पाँचै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान जारी छ ।

