सरकार सङ्ग कानून माग्दा कानून दिन सकेको छैन: उपाध्यक्ष दियाली

अनिल नेपाली

२१ पौष,अर्घाखाँचीनेपाल  सुन चाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष बुद्धि बहादुर विक (दियाली)ले सुन चाँदी व्यवसायीहरुलेसुन चाँदी व्यवसायको सरकार सँग छुट्टै कानून माग्दा दिन नसकेको बताएका छन् उनले सुनचाँदी व्यवसाय अन्य व्यवसायमा फरकभएको बताउँदै सरकारले सुनचाँदी व्यवसाय सम्बन्धि छुट्टै कानून बनाउनुपर्ने बताएका हुन

अर्घाखाँची सुनचाँदी व्यवसायी संघको १२ औं वार्षिक साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनको उद्घाटन शत्रमा बोल्दै केन्द्रीयउपाध्यक्ष दियालीले सुनचाँदी व्यवसायी सम्बन्धि कानूनका लागि संघ, प्रदेश स्थानीय तह सबैले चासो दिनुपर्ने बताए उनले नेपालसुनचाँदी व्यवसायी महासंघले सुनचाँदी सम्बन्धि आचारसंहिता बनाइ देशैभर आचारसंहिता लागू भएको समेत बताए

यस्तै कार्यक्रममा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले व्यावसायिक सुरक्षाका लागि आफू सधैं तयार रहेको बताए  कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अर्यालले व्यवसायीको सुरक्षा गर्नु राज्यको दायित्व भएको बताए समाजमा सबै राम्रा मान्छेहुन्छन् भन्ने हुँदैन कुनै अराजक पनि हुन सक्छन्, त्यस्ता व्यक्तिको बारेमा प्रजिअलाई जानकारी दिए कानून संवत् कारबाही गरिनेछ उनले भनेकारोबार गर्दा समेत सजक हुनुपर्ने

कार्यक्रममा लुम्बिनी सुनचाँदी व्यवसायी संघका अध्यक्ष ध्रुव बहादुर गहतराज, केन्द्रीय सदस्य लोक बहादुर सुनार, केन्द्रीय सदस्य मदनके.सी, सुनचाँदी व्यवसायी संघ लुम्बिनीका सचिव झविद्र विक, उद्योग वाणिज्य संघका उपाध्यक्ष साजन ओली, चेम्बर अफ कमर्सकाअध्यक्ष अशोक कुमार श्रेष्ठ, अर्घाखाँची व्यापार संघका अध्यक्ष योगेन्द्र बहादुर खड्का, पत्रकार महासंघ अर्घाखाँचीका सदस्य सागरपरियार लगायतले उद्घाटन शत्रमा शुभकामना मन्तव्य राखेका थिए

कार्यक्रम अर्घाखाँची सुनचाँदी व्यवसायी संघका अध्यक्ष कृष्ण बहादुर विश्वकर्माको अध्यक्षता केन्द्रीय सदस्य तथा जिल्ला सचिवतारा बहादुर सुनारको संचालनमा सम्पन्न भएको थियो अर्घाखाँची सुनचाँदी व्यवसायी संघको बन्द शत्र जारी रहेको २०६९सालमा स्थापना भएको अर्घाखाँची सुनचाँदी संघले यो दोस्रो अधिवेशन गर्न लागेको हो

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?