२० पौष,बुटवल–बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ मोडेल अफ लुम्बिनी सिजन–२ प्रतियोगिता सम्पन्न भएको छ । मेजेस्टिक ग्रुपको आयोजनामा शुक्रबार साँझ भएको फिनालेमा मिस अग्रीमा कुँवर ईन्टरनेशनल विजेता बन्न सफल भएकी छन ।
बिजेता बन्न सफल उनले नगद रु १० हजार रुपैया प्राप्त गर्नुको साथै क्राउन र गिफट हेम्पर तथा अन्तराष्ट्रिय मन्चमा अवसर पाउने भएकी छिन ।
इन्टरनेशनल बिजेता बन्न सफल ११ बर्षिय अग्रीमा गुल्मी जिल्ला मदाने गाउँपालिका ६ पुर्कोटदह नुवार निवासी खड्क बहादुर कुँवरकी नातिनी त्रिविक्रम कुँवर र कल्पना जि.सि. कुँवरकी छोरी हुन । हाल उनी बुटवल उप-महानगरपालिका वडा नं १२ नयाँ गाउँमा बसोबास गर्दै एभरेष्ट बोर्डिङ्ग स्कुल बुटवलमा कक्षा ६ मा अध्ययन गर्दै आइरहेकी छन ।

अडिसनमा विभिन्न विधालयबाट सहभागी ३८ जना मध्येबाट फिनालेमा १८ जना बिचमा प्रतिस्प्रर्धा भएको मेजेस्टिक ग्रुपले बताएको छ । प्रतियोगितामा प्रश्नावली राउण्ड, ट्यालेन्ट राउण्ड लगायतका विभिन्न राउण्डहरु चलेको थियो । प्रश्नावली राउण्डमा बालबालिकाहरुलाई जातिय भेदभाव, हिंसा, विकास र अधिकारका विषयमा प्रश्नहरु सोधिएको थियो ।
यो प्रतियोगितामा इन्टरनेशनल विजेता बने पश्चात अग्रीमा कुँवरले आफुलाइ यो स्थानसम्म आउनको लागी सहयोग गर्ने सबैलाइ धन्यवाद ब्यक्त गरेकी छन ।

