अनिल नेपाली
२० पौष,अर्घाखाँची – लुम्बिनी प्रदेश सभासद रामजी प्रसाद घिमिरेले जिल्लालाई आत्मनिर्भर बनाउन र कृषक आफै पनि आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रको विकास हुनु पर्नेमा जोड दिएका छन् ।
उनले राम्रो गर्ने कृषक र समुहलाई आफ्नो तर्फबाट सधै सहयोग रहने बताए । कृषि ज्ञान केन्द्र अर्घाखाँचीले स्मार्ट कृषि गाउँ हस्तान्तरण तथा फलोअप कार्यक्रममा बोल्दै सभासद घिमिरेले राम्रो काम गर्ने कृषकलाई प्राथमिकता दिँदै आएको र आगामी दिनमा यसलाइ निरन्तरता दिने प्रतिवद्वता समेत जाहेर गरे ।

कृषि ज्ञान केन्द्रका प्रमुख बुद्विराजघिमिरेको अध्यक्षता,स्मार्ट कार्यक्रम सचिव माया पन्थीको सञ्चालन र प्रेम भुसालको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सभापति कोइराला,प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल,नेपाल पत्रकार महासंघ अध्यक्ष गणेश खनालले शुभकामना मन्तव्य राखेका थिए ।

