रुपन्देहीमा बिभिन्न मुद्धाका ५ जना फरार प्रतिवादीहरू पक्राउ

अर्जुन थापा

१९ पौष रुपन्देही – रुपन्देही प्रहरीले अदालतका विभिन्न मितिमा पारित फैसलाका आधारमा फरार रहेका ५ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।

उक्त  प्रतिवादीहरूलाई जिल्ला रुपन्देहीका विभिन्न प्रहरी ईकाइहरू बाट खटिएको टोलीले पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ । जहाँ उनीहरूलाई कैद र जरिवाना भुक्तानको लागि पेस गरिएको थियो ।

पक्राउ पर्नेमा लुटपिट मुद्धामा फरार रहेका मर्चवारी गाउँपालिका वडा नं. ३ का बैजनाथ मुराव,अंशबण्डा मुद्धामा फरार रहेका मर्चवारीगाउँपालिका वडा नं. ३ का राजेन्द्र यादव, रागा चोरी मुद्धामा कञ्चन गाउँपालिका वडा नं. २ का चन्द्र बहादुर पुन मगर, रागा चोरी मुद्धामा फरार रहेका कमल बहादुर पुन र जालसाजी मुद्धामा फरार रहेका राम अवध कुर्मी रहेको जिल्ला प्रहरी कार्यालयरु पन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रेस विज्ञप्तिमा उल्लेख गरे अनुसार  प्रहरीले यी फरार प्रतिवादीहरूलाई पक्राउ गरेर न्यायालयमा पेश गरेको छ र अब उनीहरूलाई भुक्तान अनुसारको सजाय थप  गरिने  सूचना अधिकारी सुरज कार्कीले  जानकारि दिएका छन ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?