अर्जुन थापा
पाल्पामा बुधवार साँझ भारतीय स्कर्पियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । पोखराबाट बुटवलतर्फ जाँदै गरेको बिआर २२ विडी२०२३ नम्बरको भारतीय नम्बर प्लेटको स्कर्पियो बगनासकाली गाउँपालिका ३ आर्यभन्ज्याङ नजिक सिद्धार्थ राजमार्गमा आज बेलुकी ७ बजे दुर्घटना भएको हो ।
घाइते अधिकांश भारतको बिहार प्रदेश मोतिहारीका रहेको घटनास्थल पुगेका जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब निरीक्षक रामप्रसाद खनालले बताए ।
घाइते सबैको उपचार लुम्बिनी मेडिकल कलेजमा भइरहेको छ । घुम्ती सडकमा गति तिव्र भएर दुर्घटना भएको हुनसक्ने उनले बताए । गाडी सडकभन्दा १५० मिटर तल खोलामा खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

