अर्घाखाँचीमा १२ वर्षीया बालिकाको विवाह गराएको आरोपमा दुई जना पक्राउ

अर्घाखाँचीमा १२ वर्षीया बालिकाको विवाह गराएको आरोपमा दुई जना पक्राउ परेका छन

बालिकालाइ ललाई फकाई विवाह गराइदिने भूमिकास्थान नगरपालिका की सकुन्तला सारु विवाह गर्ने सन्धिखर्क नगरपालिका का मुमाराम बिक लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) चक्र बहादुर मल्लले जानकारी दिए

सकुन्तलाले काम लगाइदिने भन्दै १२ वर्षीय बालिकालाई घरमा बोलाएर मुमारामको जिम्मा लगाएको त्यसपछि मुमारामले बालिकालाई सिन्दुर पहिराएर घरमा भित्राएको भन्दै बालिकाको अंकलले जाहेरी दिएका थिए

बालविवाह सम्बन्धी जाहेरी परेपछि प्रहरीले घरमा छापा मारेर मुमारामलाई नियन्त्रणमा लिएको हो अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?