अनिल नेपाली
अर्घाखाँची १२ पौष, उधोग बाणिज्य संघ अर्घाखाँचीका जिल्ला अध्यक्ष प्रदिप मिश्रले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी जिल्लामा मेला महोत्सब लगाउनुपर्ने बताएका छन ।
स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनको प्रबर्धन गर्ने उद्देश्यका साथ मेला गर्न लागिएको बताउदै व्यबसायीको चाहना अनुसार नै आफूहरू स्थानीय उत्पादनलाई प्राथमिकता दिनेगरी अगाडि बढेको र स्थानीय उत्पादन लाई प्रदर्शनीमा समेत ध्यान दिने समेत बताए ।
उधोग बाणिज्य संघ द्वारा जिल्लामा क्रियाशिल व्यबसायी राजनीतिक दल सँग आयोजित छलफल कार्यक्रममा मन्तब्य राख्दै मिश्रले जिल्लाका व्यबसायीलाई स्टलमा समेत बिशेष ध्यान दिने , जिल्लामा आर्थिक गतिविधि लाई समेत चलायमान गराउन यस्ता महोत्सवले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै महोत्सव गनुपर्ने बताए ।
महोत्सवले स्थानीय उत्पादनको प्रयोग हुने र कृषकको आयआर्जनमा वृद्धि हुने आर्थिक गतिविधि चलायमान हुने यातायात , अन्य ब्यबसायीलाई सघाउ हुने जिल्लाको प्रतिभा र स्थानिय प्रतिभालाई प्रस्फुटन गर्न सघाउ हुने अध्यक्ष मिश्रले बताए ।

