दाङको देउखुरी क्षेत्रको गढवा–कोइलावास सडक खण्डमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । गढवा गाउँपालिका–५ कक्रहवामा बुधबार दिउँसो करिब २ बजे दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
रा १ ह ५९०४ नम्बरको अटो भैसहवादेखि – कोइलाबास तर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
दुर्घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरुको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

