प्रभाबकारी बन्दै साना किसान कृषि सहकारी संस्था लिमिटेड खाँचीकोटले ल्याएका कार्यक्रम

अनिल नेपाली

अर्घाखाँची २२ मङ्सिर

जनताको सुख दुखको साथी अहिले सहकारी बनेको जनतालाई आपत विपदको समयमा समेत हातमुख जोर्नेको लागिआर्यआर्जनमा जोड्ने देखि सीपमुलक तालिम समेत प्रदान गरेको साना किसान कृषि सहकारी सस्था लिमिटेड खाँचीकोटले सहकारीमा नयाँ कार्यक्रम ल्याउदा सहकारीका सदस्य मात्र नभई अन्य आगुन्तुक समेत खुसी छन्

साना किसान सहकारी संस्थामा संस्थाकी समुह ११२ की सिता नेपाली शेयर सदस्य थिइन् उनले संस्था बाट संचालित सदस्य संरक्षण कार्यक्रम अन्तरगत रु.८४०० जम्मा गरी संस्थाले ल्याएको कार्यक्रममा सहभागि भईन् उनको गत मंसिर गतेका दिन ५४ वर्षको अल्पआयुमै मुत्यु भयो   सिता नेपालीले ईक्छाएको ब्यक्ति उनको छोरा लक्ष्मण नेपाली लाई करार अनुसारको रु.९०,००० नेपाल सरकारको नियमानुसारको कर कट्टी पश्यात आउनेरकम बराबरको चेक संस्था अध्यक्ष चन्द्रावती पोख्रेलले हस्तान्तरण गरिन ।

उक्त चेक हस्तान्तरण गदै पोख्रेलले सहकारी जनताको सुख दुखकोसारर्थी भएकोले यसमा आबद्ध भई आर्यआर्जनमा जोडिन आग्रह समेत आग्रह गरिन  सहकारीले शेयर सदस्यका बीचमा ल्याएका कार्यक्रम प्रभाबकारी बनाउनुपर्नेमा जोड दिदै सहकारी आबद्ध हुन आग्रह समेत गरिन्

सहकारीका प्रबन्धक बिष्णु मरासिनीले संस्थाका सदस्यको बीमा गर्दा सदस्यलाई फाइदा हुने बताउदै सहकारीका सदस्य पनि  असुरक्षित भएकोले भवितव्य भइहाले उनका घरपरिवारलाई केहि राहत हुने र यस्ता कार्यक्रमले सहकारी शेयर सदस्यलाई नै फाईदा हुने बताए ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?