अनिल नेपाली
अर्घाखाँची १७ मसिर
घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले आज जिल्लाको पाणिनी गाँउपालिकामा बजार अनुगमन गरेको छ ।
बजारमाअनुगमनमा अखाद्य तथा म्याद गुज्रिएका सरसामानहरु बिक्रीवितरण हुने भन्दै कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएको प्रमुखउद्योग अधिकृत तथा कार्यालय प्रमुख दुर्गा न्यौपानेले जानकारी दिएका छन ।
न्यौपानेले म्याद गुज्रिएका अखाद्य खाद्यवस्तुहरु बिक्रीवितरण हुने हुँदा बजार अनुगमनलाई तीव्र बनाइएको बताउदै अनुगमन गर्दा पसलहरुले साइनबोर्ड नराखेको, मूल्यसूची नराखेको, होटलहरुमा अत्यधिक दुर्गन्ध भएको, भान्साहरुको सरसफाइमा ध्यान नदिएर दुर्गन्धित रहेको, जस्ता धेरै समस्याहरु रहेको भेटिएकोकार्यालय प्रमुख न्यौपाने बताइन् ।
अनुगमन पश्चात् व्यवसायीलाई व्यवसाय दर्ता र समयमा नवीकरण गर्ने, सरसफाइमा ध्यान दिने, मूल्यसूची अनिवार्य राख्ने लगायतका निर्देशन दिएको उहाँको भनाइ रहेको छ । कार्यालयले जिल्लामा हुने कालोबजारी लगायतका समस्यालाई रोक्नका लागि बजार अनुगमनलाई तिब्रताका सञ्चालन गरेको छ ।
अनुगमनमा कोष नियन्त्रक राजु पाण्डे , कर अधिकृतस्वागत थापा क्षेत्री जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा रविन ज्ञवाली,पाणिनी गाँउपालिका शोभाखर भुसाल रामचन्द्र चुँदाली उधोग बाणिज्य सघका उपाध्यक्ष राजन बली चेम्बर अफ कमर्शका उपाध्यक्ष राम कुमार श्रेष्ठ पत्रकार महासघका सहसचिब अनिल नेपाली सुरक्षाकर्मी घरेलु तथा साना उधोगका कम्युटर अपरेटर हुम ब विक , लगायतले अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा, लेबलिङ नगरिएका सामान म्याद गुज्रे नगुज्रेका समान पाइएकोले ती समान बरामद गरी नष्ट गरिएको बताउदै उपभोक्तालाई ध्यानमा राख्दै बजार अनुगमनलाई तिब्रता समेत दिने कार्यालय प्रमुख न्यौपानेको भनाई रहेको छ ।

