अनिल नेपाली
अर्घाखाँची १५ ,मङ्सिर
सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले नगरको विकासको लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड खाँचीकोटको २० औँ बार्षिक साधारणसभाको उद्घाटन गदै नगर प्रमुख श्रेष्ठले यस्तो बताउनुभएको हो ।
नगर प्रमुख श्रेष्ठले नगरको विकास सरकार र सरोकारवाला निकायहरूको एक्लो प्रयासले मात्रै नहुने भएकाले सबैको सहकार्य आवश्यक रहेको बताउदै पछिल्लो समयमा विकास गर्ने जिम्मा सरकारको मात्रै हो भन्ने तरीकाले आम नागरिकले गुनासो गर्ने गरेको तर आफूले गर्नुपर्ने कर्तव्य र दायित्वहरू भुल्दै गएको प्रति चिन्ता ब्यक्त गदै कृषि क्षेत्रमा काम गर्ने सहकारी, विभिन्न संघ संस्थाहरु, सरोकारवाला निकाय र सरकारको संयुक्त प्रयासले मात्रै नगर लाई समृद्ध बनाउन सकिने बताए ।
सबै एक भएर लाग्नुपर्ने जोड दिदै नगर प्रमुख श्रेष्ठले साना किसान कृषि सहकारी संस्था लिमिटेड खाँचीकोटले नगर क्षेत्रलाई मुख्य क्षेत्र बनाएर कामगर्ने योजना अगाडी सारेमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत जनाउदै सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका ४१ वटासहकारी संस्थाको अनुगमन गर्ने र अनुगमन गर्दा नियमविपरीत संचालन भएका सहकारीलाई खारेजी समेत गर्ने नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले प्रतिबद्धता जनाए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य तथा पुर्ब अध्यक्ष लक्ष्मण कँडेल, सन्धिखर्क नगरपालिका वडा न ७ का अध्यक्ष चुरा ब केसीले सहकारीले उत्पादमुलक क्षेत्र र सामाजिक क्षेत्रमा पनि लगानी गर्न आवश्यक रहेको बताए ।
सहकारीमा करिव १३ सय ७१ जना शेयर सदस्य रहेकोमा आर्थिक बर्षमा १७ सय पुर्याउने लक्ष्य रहेको सँस्थाको सांगठनिक प्रतिबेदनमा उल्लेख गरिएको छ । सहकारीमा हाल कुल पुँजी १४ करोड २९ लाख ४२ हजार ४ सय ३३ रहेको कम्प्युटर अपरेटर निर्मल शाहले बताए ।
सँस्थामा ७३ लाख ६६ हजार १ सय शेयर पुँजी ३ करोड ६ लाख ९८ हजार ७ सय १९ जगेडारहेको छ भने सस्थाले ४८ लाख ४२ हजार चौतिस नाफा गरेको प्रतिबेदनमा उल्लेख गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा १६ करोडलगानी गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
सहकारीले शेयर सदस्य मृतकका परिबारलाई ६ जनालाई ५ हजारका दरले ३० हजार, शेयर सदस्यका परिवारलाई ३ हजारका दरले ९ घरपरिबारलाई २७ हजार आर्थिक रकम हस्तान्तरण गरिएको प्रतिबेदनमा उल्लेख गरिएको छ । यस्तै सहकारीले १० जना शेयर सदस्य १५०० का दरले सुत्केरी भत्ता १६५०० वितरण गरेको छ भने सस्थाले दीर्घरोगी शेयर सदस्यलाई ५००० का दरले ४ जनालाई २० हजार बितरण गरेको छ त्यस्तै सहकारीले ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिकसहकारीले उत्कृष्ट ,बाख्रा र कुखुरा पालन तथा ड्राईगन खेती गर्ने ४ जना कृषकलाई नगद प्रमाणपत्र दोसल्ला सहित सम्मान गरेको छ ।
कार्यक्रममा सागठनिक प्रतिबेदन अध्यक्ष चन्द्राबर्ती पोख्रेल आर्थिक प्रगति प्रतिबेदन प्रबन्धक बिष्णु मरासिनी ,लेखा प्रतिवेदन लेखासमितिका सयोजक गोपाल प्रसाद भुसालले प्रस्तुत गरेका थिए । कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लि का शाखा प्रमुख नारायण जि सि अस्थाथी प्रहरी चौकी फुदबाङ्गका प्रमुख रिख बहादुर बुढा मगर लगायतका सुरक्षाकर्मी सञ्चारकर्मी लगायतको सहभागीता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्राबर्ती पोख्रेलले बार्षिक प्रतिवेदन पस्तुत गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष चन्द्राबर्ती पोख्रेलको अध्यक्षता सँस्थाका प्रबन्धक विष्णु मरासिनीको सञ्चालन उपाध्यक्ष पद्यलोचन आचार्यको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा शेयर सदस्यको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहकारीले उत्कृष्ट कार्यक्रम ल्याएको छ जसअन्तर्गत लधुउधम गर्ने २ जना कृषकलाई व्यक्तिगत रुपमा ५ लाख देखि ५० लाख र समुहगत रुपमा २ करोड रुपैयामा लगानी गर्ने प्रतिबेदनमा उल्लेख गरेको छ भने सहकारीले ८ करोड ७८ लाख क्रण विमामा लगानी गरेको छ भने ४ लाख ८० हजार विमाको क्षतिपुर्ति १८ हजार क्रिया खर्च रकम हस्तान्तरण गरेको छ ।

