अनिल नेपाली
अर्घाखाँची – कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ अर्घाखाँचीको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।
सूचना प्रविधिमा चासोँ राख्ने सम्पुर्ण पेशाकर्मी, कम्प्युटर ब्यवसायी लगायतको छाता संगठन क्यान महासङ्घ नेपाल अर्घाखाँची शाखाको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन क्यान महासङ्घका केन्द्रीय निवर्तमान अध्यक्ष नवराज कुँवरको प्रमुख आतिथ्यतामा साथी होटल, सन्धिखर्कमा सम्पन्न भएको छ ।
अधिवेशनले प्रकाश भुसालको अध्यक्षतामा नयाँ समितिको चयन गरेको छ। समितिको उपाध्यक्षमा ऋषिकेश भट्टराई, सचिवमा विष्णु पोखरेल, कोषाध्यक्षमा प्रकाश नेपाली, सहसचिवमा विष्णु प्रसाद भुसाल र सदस्यमा सावित्रा खनाल निर्विरोध निर्वाचित हुनुभएको छ भने प्रदेश प्रतिनिधिको रुपमा दिपक नेपालीको सर्बसम्मत निर्णय गरिएको छ ।
कार्यक्रम क्यानका केन्द्रिय उपाध्यक्ष, केन्द्रिय सचीव, लुम्बिनी प्रदेश उपाध्यक्ष, रुपन्देही जिल्ला अध्यक्ष लगायतको विशेष उपस्थिति रहेको थियो।

