गुल्मीमा सफारी जिप दुर्घटना १४ जना घाइते,२ गम्भिर

२५ असोज, गुल्मी–गुल्मीको मुसिकोट नगरपालिका ५ इन्द्रेगौँडा स्थित रिडी– बुर्तिवाङ सडकखण्डमा बुटवलबाट गुल्मीको मालिका तर्फ गइरहेको  लु १ ज ४४४८ नम्बरको फोर्स सफारी  गाडी बिहान करिव ९ बजे तिर दुर्घटना हुँदा चालक सहित १४ जना घाइते भएका छन ।

जिप सडक छेउँबाट डिल मुनि पल्टिँदा १३ जना यात्रु र १ जना चालक सहित १४ जना घाइते भएकाले  उद्धार गरि उपचारको लागी लुम्विनी मेडिकल कलेज प्रवास पाल्पा तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी शंकर पोखरेलले बताए ।

दुर्घटनामा २ जना यात्रु  गम्भीर घाइते,र अन्य सामान्य घाइते भएको बताइएको छ । दुर्घटना पश्चात नेपाल प्रहरी,मुसिकोट नगर प्रहरी रस्थानीय व्यवशायी एवम्  अन्य व्यक्तिहरूले तत्कालै उद्धार गरेका थिए । 

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?