गोरुसिंगे-सन्धिखर्क सडक दर्जनौँ स्थानमा पहिरो : खुलाउने प्रयास जारी

 

अनिल नेपाली

अर्घाखाँची – हिँजो देखि लगातार परिरहेको पानीको कारण अर्घाखाँची जिल्लाको  गोरुसिंगे–सन्धिखर्क सडक अवरुद्ध भएको छ । गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत शितगंगा नगरपालिका र शितगंगा नगरपालिकाका विभिन्न स्थानमा खसेको पहिराले गएराती देखिसडक अवरुद्ध बनेको छ ।

जेसिभी प्रयोग गरेर सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विपन कार्कीले बताए । सडक अवरुद्ध बनेपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । गाडी सडकमै रोकिएका छन् ।

सन्धिखर्क ढोरपाटन सडक वैकल्पिक बाटोपनि अवरोध भएको छ । सन्धिखर्क गोरुसिङ्गे सडक खण्डको सन्धिखर्क ६ जगता देखि नरपानीसम्म १२ ठाउँमा पहिरोले बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ नरपानी बाट असइको कमाण्डमा ४ जना जेसिवीसहित खटिइएर काम सुरु भएको प्रहरीको भनाइ छ ।

 सितगंगा नगरपालिका १२ बसेरीदेखि शितगंगा २ सितापुरसम्म ३ ठाउँमा बाटो अवरोध भएको र  सितापुरमा जेसिवी सहित टोली खटिइएको र सितगंगा १२ हिले खोला तर्फ सई डम्बर बुढाथोकीको कमाण्डमा ४ जना टोलि खटिइएको प्रहरीले बताएको छ। 

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?