रुपन्देहीको सुद्धोधन गाउँपालिकाले गर्यो पालिका स्तरिय खाध्य सम्बन्धी महत्वपुर्ण बैठक

नगेन्द्र के सी

८ भदौ रुपन्देही – रुपन्देहीको शुद्धोधन गाउँपालिका कार्यपालिका कार्यालयको आयोजनामा र सेतो गुराँस बाल विकास सेवा रुपन्देही, हेलन केलर इन्टरनेशनल IDE को संयुक्त साझेदारी सहयोगमा पालिका स्तरीय परियोजना सल्लाहकार समिति एवं पोषण तथा खाद्यसुरक्षा निर्देशक समिति संगको बैठक तथा छलफल कार्यक्रम मंगलबार शुद्धोधन गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।

शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रम अध्यक्ष विष्णुप्रसाद बस्यालले पानशमा दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष बस्यालले यस सेतो गुराँस बाल विकास सेवा रुपन्देही, हेलन केलरइन्टरनेशनल IDE को संयुक्त साझेदारी सहयोगमा गरिएको महत्त्वपूर्ण कार्य रहेको बताउनुभयो । बजारमा पाइने विषादीयुक्त तरकारी, जंकफुड, केमिकल राखेको जुस खानाले नै मानव स्वास्थ्यमा गम्भिर असर गरेको बताउनु भयो ।

उत्पादनमुखी व्यवसायका कारण बढ्दो विषादी प्रयोग गरेको खानाले विशेषगरी सुत्केरी र बालवालिकालाई प्रत्यक्ष असर पारेको बताउँदै अध्यक्ष बस्यालले शुद्धोधन गाउँपालिकामा रहेका बालबालिकाहरुको पोषण तथा खाध्य आहारमा अन्य स्थानीय तहरुमा भन्दासुरक्षित र पोषणयुक्त बनाई कुपोषण मुक्त पालिका बनाउन पालिकाको बिशेष योजना बनाई अगाडि बढ्न पालिकाका सबै वडा अध्यक्ष,विषयगत शाखा प्रमुखहरुलाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली, शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर घर्ती,शुद्धोधन ४ का वडा अध्यक्ष तथा प्रबक्ता केशव प्रसाद अधिकारी ,शुद्धोधन ३ का वडा अध्यक्ष हेम खड्का लगायतले शुद्धोधन गाउँपालिकाललाई कुपोषण मुक्त पालिका बनाउन पालिकाका बिषयगत तथा सरोकारवाला शाखा प्रमुखहरुको सहकार्य, समन्वय रआपसी सहयोगको अनिवार्यता हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै उहाँहरुले हरेक क्षेत्रबाट समुन्नत बनाउन हरेक पक्षको सहकार्य र समन्वय अनिवार्य हुने उल्लेख गर्दै पालिकाको आफ्नो कर्तब्य र जिम्मेवारीको काम भएपनि साझेदारी संघ संस्थाको सहकार्यले शुद्धोधन गाउँपालिकालाई पोषण कार्यक्रममा सवल बनाई कुपोषणमुक्त पालिका बनाउन सहज हुने बताउनुभयो ।

शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले हाल सम्मको डाटा अनुसार सातै वडामा ९३ जना कुपोषित बालबालिकाहरु भेटिएको जानकारी दिनुभयो उहाँले ति बालबालिकाहरुको उपचार भैरहेको समेत बताउनुभयो । सेतो गुराँस बाल विकास सेवा रुपन्देही, हेलनकेलर इन्टरनेशनल IDE का सकुन्तला पुन,भरत शर्मा,मिनु पुन,प्रदिप राज पाण्डेले कार्यक्रम माथि प्रकाश पार्दै सहजीकरण गर्नुभएको थियो ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?