दोलखाका मानबहादुरको लोभलाग्दो ड्रागन फ्रुट उत्पादन

दोलखाका निर्माण व्यवसायी मानबहादुर तामाङले पहिलोपटक ड्रागन फ्रुटको व्यावसायिक उत्पादन सुरु गरेका छन् नाम्दु गाउँमा सुरुगरेको ड्रागन फ्रुटको व्यावसायिक खेतीबाट रोपेको तेस्रो वर्षमै १० लाख बराबरको ड्रागन फ्रुट उत्पादन गरिएको तामाङले बताए।

तामाङ भन्छन्, ‘खेती सुरु गरेको करिब २७ महिना भयो रोपनीबाट सुरु भएको खेतीलाई  अहिलेसम्म १२ रोपनीमा विस्तार गरेको छु।

खेती थालेको १६ महिनामै परिक्षण उत्पादन भएपछि दुई हजार बिरुवा थपेर खेतीको रोपनी वृद्धि गर्दै दोस्रो वर्ष एक हजार किलो उत्पादन भएको यस वर्ष उत्पादन तेब्बर वृद्धि  भएको उनले सुनाए।

असारदेखि साउन तेस्रो सातासम्म दुई हजार किलो ड्रागन स्थानीय बजारमै बिक्री गरिसकेको उनले बताए। उत्पादन बढे सँगै अहिले जिल्लाका स्थानीय बजारमा यसको उच्च माग हुन थालेको तामाङ बताउँछन्।

वैतेश्वर नाम्दुका निर्माण व्यवसायी तामाङले पहिलो चरणमा यसको फल उत्पादन गरी गत वर्ष करिब चार  लाख बराबरको सेतो जातको ड्रागन फ्रुट बिक्री गरेका थिए।

उनका अनुसार ड्रागन फ्रुट सी भेराइटीमध्येको रातो सेतो  जातको फल हो अहिले तामाङले प्रतिकेजी चार सयका दरले ड्रागन फ्रुटबिक्री गरिरहेका छन्

पछिल्लो समय निकै राम्रो मूल्य बजारमा माग पनि बढेकाले स्थानीय बजार धान्न समेत उत्पादनले नसकेको उनले सुनाए। नाम्दुमा उत्पादित ड्रागन फल जिल्लाको आन्तरिक बजारहरू चरिकोट, तामाकोशी,जिरी, मैनापोखरी छिमेकी जिल्ला सिन्धुली रामेछापमन्थली देखि फार्ममै ड्रागन लिन आउने गरेको व्यवसायी तामाङका छोरा किशोर तामाङले बताए।

निर्माण व्यवसायी समेत रहेका उनले यो खेती विस्तारका लागि सुरुमा ५० लाख लगानी गरी सुरु गरेका थिए। पछि आफैंले फार्मबाटै  बिरुवा उत्पादन गर्दै रोप्दै गरेर अहिले हजार वटा पिल्लरमा बिरुवा रहेको प्रायः सबैले उत्पादन दिन सुरु गरेको बताए।

spot_img
SourceKhabarhub
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?