सरकारी कार्यालयमा ब्याक्तिगत सेयर कारोबारमा प्रतिबन्ध

अब सरकारी कार्यालयमा बसेर शेयर बजारका कारोबार गर्न नपाइने भएको छ । प्रधानमन्त्री के पि शर्मा वलिले आज आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै यस्तो कार्यले सरकारी काम काज र सेवाग्राहीको काम प्रभावित भएको भन्दै सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोवार गर्ने प्रणाली (टिएमएस) मा प्रतिबन्ध लगाएको र सबै सरकारी कार्यालयमा टियमएस नचल्ने बनाउन निर्देशन दिइएको बताएका छन ।

उनको स्टाटस जस्ताको तस्तै ।

गुनासो र सम्बोधन !!

सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु  कानुनी दृष्टिले पनि अमान्य छ। यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ । यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस)  प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा  टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?