गलत सुचना दिएर जनतालाइ उचाल्ने काम बन्द गरौँ : मेयर बालेन

काठमाडौंका मेयर बालेन शाहले गलत सुचना दिएर जनतालाइ उचाल्ने काम बन्द गर्न आग्रह गरेका छन । उनले आज एक स्टाटस लेख्दै खोला किनारका बासिन्दालाइ मापदण्ड भित्रका कुनै घर नभत्किने बताउदै तपाइहरु न्याय खोज्नुहुन्छ भने काठमाडौं महानगरलाइ गाली गरेर होइन आफ्नै नेतालाइ प्रश्न गर्नुहोस यस्तो कानुन किन बनाइस भनेर ?  निकाश दे भनेर आफ्नै नेतालाइ भन्नुहोस !

साथै उनले बालेनको बिरोध गर्दै आएका एमाले लगायतका पार्टीका नेताहरुलाइ आफै बोक्सी आफै धामीको संज्ञा दिदै सरकार माथी यस्तो आरोप लगाए ।

उनको स्टाटस जस्ताको तस्तै ,

आफै बोक्सी , आफै धामी  ।

१) कानुन बनाउने कसले हो ?

२) सरकारको नेतृत्व कसले गरेको हो ?

३) अदालतमा न्यायाधीश नियुक्त गर्ने न्याय परिषद  को छ ?

खोलाको मापदण्ड र कानुन आफै बनाउने, आफै सहभागी भएको परिषद् देखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने रसंशोधन गर्ने अधिकार आफ्नै।  अनि, भएको कानुन र फैसलालाई कार्यान्वन गर्दा दोष जति काठमाडौ महानगरलाई ? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ ।

तपाईंहरु न्याय खोज्नु हुन्छ भने काठमाडौ महानगरलाई गाली गरेर तपाइले न्याय पाउनु हुन्न । तपाइकै नेतालाई प्रश्न गर्नु होला, यस्तो कानुन किन बनाइस् भनेर । निकास दे भनेर आफ्नै नेतालाई भन्नु होला ।

अन्त्यमा ,

तपाइँ को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निस्चिन्त रहनुहोस भत्काउनै परे मुआब्जा दिनु पर्छ सरकारले ,५० बर्ष पहिलेको तिनकुने को मुआब्जा दिन नसक्ने सरकारले तपाइँलाइ दिन नि सक्दैन भत्काउन नि सक्दैन  । तपाइँको लागि हामी छ्दै छौ , केन्द्र सरकारलाई दबाब दिनुहोस  नियम परिवर्तनको लागि । जब नियम परिवर्तन हुन्छ हामी सोही अनुसार फेरि सुचना जारी गरि हाल्नेछौ त्यतिनजेल कोहि नठ्गियोस भन्ने चाहना मात्र हो हाम्रो ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?