अनिल नेपाली
साँच्चै असार लाग्ने बित्तिकै सिङ्गै धर्ती रसिलो र हराभरा हुन्छ । असारमा धर्ती मात्रै होइन, मान्छेको मन पनि उस्तै रसमय हुन्छ । त्यसमा पनि नेपाल जस्तो कृषि प्रधान देशमा यसको महिमा झन् धेरै छ ।
असारको बेला प्रकृति हराभरा र हरियाली भए सङ्गै किसानहरुलाई रोपाइको चटारो हुने गर्दछ । यसै सन्दर्भमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका ४ का भुवन विश्वकर्माले अशारे वाली गित सार्वजनिक गरेको छन ।
गित संगित प्रती रुचि राखेका बिश्वकर्माले भखर्र मात्र सार्वजनिक गरेको गितले गाँउमा भएका बाली लगायत संकार संस्कृति र परम्परालाई जोडेको छ । उनको गितले गाउँमा खेती योग्य जमिन मरूभुमिमा परिणत भएको, मान्छे सहरिकरण तर्फ केन्द्रीत भएको कुरालाई पनि जोडिएको छ ।
‘मानो रोपेर मुरी उब्जाउने’ दिन असारको आधारात नै सही जब वर्षात्ले आवाज दिन्छ, किसान आ-आफ्ना औजारसहित नाच्दै गाउँदै हल्ला गर्दै खेत तिर झरिहाल्छन् । किनकि खेत जसरी पनि रोप्नु छ, भेल छोप्नु छ ! बिहान हुँदासम्म त भिराला गह्राबाट पानी ओर्लेर कहाँ पुग्छ, पुग्छ ? आकाश ताकेर खेती गर्नुपर्ने, त्यो पनि मूल खेती लगायतलाइ गितमा समेटिएको छ ।
अर्घाखाँचीको विकट बस्तीमा यो भाकामा धेरैले गित गाए नेपाली गित संगितको मर्म भावनालाई बुझेर साँस्कृतिक क्षेत्रमा लागेका बिशर्कमाको गितले धेरैको मन रूवाउने शब्द उनले आफ्नो गित लयमा सिर्जना गरेका छन् । उक्त गित उनले ८ दिन अगाडी आफ्नै युट्युवच्यानल (भुवन विश्वकर्मा) बाट सार्वजनिक गरेका हुन ।