स्मार्ट कृषि कार्यक्रमले व्यबसायीक बन्दै अर्घाखाँचीका कृषक

अनिल नेपाली

अर्घाखाँचीको  सन्धिखर्क नगरपालिका मा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन्

सन्धिखर्कको कुडूले फाँट, वृति फाँट सुक्मी फाँटका किसान अहिले परम्परागत खेती छाडेर मौसमी तथा बेमौसमी तरकारी  टमाटर , गोभी, आलु, साग च्याउ लगायतका तरकारी  खेतीतर्फ आकर्षित भएका हुन्

लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषिगाउँ कार्यक्रम लागू गरेपछि यस क्षेत्रका किसान पनि आधुनिक तथा प्रविधि मैत्री तरिकाले तरकारी खेतीमा लागेका हुन् ।आर्थिक वर्ष२०७६/७७ देखि लागू भएको स्मार्ट कृषि गाउँ कार्यक्रमबाट यस क्षेत्रका ५६ जना किसान तरकारी खेतीमा लागेको सन्धिखर्क स्मार्ट कृषिगाउँ कार्यसमितिका अध्यक्ष दिपक नेपालीले बताए

उनले ५६ जनामध्ये २६ जना किसान व्यावसायिक कृषि पेसामा लागेको जानकारी दिए किसानको मागका आधारमा किसानलाई बीउ मल तथा अत्याधुनिक उपकरण समेत प्रदान गरेको अध्यक्ष नेपालीको भनाइ अध्यक्ष नेपालीले आफुले यो कार्यक्रम लागु गर्नुभन्दा पहिला आफू व्यबसायीक कृषक नभएको आम्दानी समेत खासै नभएको हाल योकार्यक्रम लागू भएपछि आफू व्यबसायीक कृषक बनेको आम्दानीको श्रोत समेत बृद्वि भएको जसले गर्दा छोरीलाई एमबिविएस अध्ययन  गराएको छोरालाई काठमाडौंमा अहिले साईन्स अध्ययन गराईरहेको नेपालीको भनाई रहेको

यस्ता वास्तविक किसानलाई प्रोत्साहन  हुने गरि सरकारले गरेको कार्यक्रम निकै प्रभाबकारी रहेको नेपालीको भनाई   “कृषक बिष्णु प्रसाद पौडेल, रोम घर्ती मगर , अम्मर श्रेष्ठ लगायत सन्धिखर्कमा आउनुभयो   सुरुमा कुन व्यबसाय गर्ने भनेर सोच्नुभयो सन्धिखर्क बजार देखि तलपट्टि खेतीयोग्य फाट पलटिन भएको देख्नुभयो  त्यसलाई  रोक्न कृषि पेशामा लाग्नुपर्छ भनेर सोच बनाउनुभयो सुरुमा रोपनीबाट सुरुगनु भयो अहिले १५ / १५ रोपनीमा तरकारी खेति गनु भएको   जसले गर्दा आम्दानीको श्रोत समेत बुद्वि भएको भने छोराछोरीलाइ बुटवल काठमाडौं लगायतका शहरमा अध्ययन गराउन सहज भएको कृषक गुना श्रेष्ठको भनाइ ।”

कृषकलाई  व्यबसायीक कृषी खेतीतर्फ लागेको जागरुक गराउनको लागि  व्यबसायीक  तरकारी खेतीलाई आधुनिकीकरण व्यावसायिक बनाउन स्मार्ट कृषि गाउँकार्यक्रमले आफूहरुलाई सहयोग गरेको किसान रोम  घर्ती मगरले  बताए   उनी सुरुमा सन्धिखर्कमा आउदा केही थिएन पढ्न आएका थिए कृषक बने अहिले अध्ययन सगसगै कृषि पेशामा श्रीमान् श्रीमती छन् भाइ बहिनिलाई राम्रो अध्ययन गराईरहेका छन् उनले किसानको मागका आधारमा मिनिटिलर, डिजिटल काटा, पानी तान्ने मोटर पम्प, स्केयर, प्लास्टिक टनेल जस्ता सामग्रीका साथै उन्नतजातका मौसमी तथा बेमौसमी तरकारीका बीउ मलसमेत किसानले प्राप्त गरेको बताए

किसानले उत्पादन गरेको तरकारी बिक्रीका लागि पनि कुनै समस्या नभएको उनको भनाइ बजार नजिक भएकाले पनि उत्पादित तरकारी सन्धिखर्क चुत्राबेँसीमा बिक्री हुने गरेको किसानको भनाइ

आधुनिक प्रविधिको प्रयोग गरी तरकारी खेती गर्दा उत्पादनमा वृद्धि भएको समयको पनि बचत भएको किसान गोपाल  नेपालीले बताए उत्पादित वस्तु स्थानीय बजारमा नै खपत भएको बढी भएमा छिमेकी आसपासका जिल्लामा बिक्री वितरण भएको जानकारी दिए

आधुनिक प्रविधिबाट किसानलाई व्यावसायिक बनाउन कम लागतमा बढी उत्पादन गरी आयआर्जन वृद्धि गर्ने उद्देश्यले स्मार्ट कृषि गाउँकार्यक्रम सञ्चालन भएको कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले बताए जसका कारण कृषकहरु व्यावसायिक बनेर राम्रो उत्पादन गरेको बताउदै किसानको आयआर्जनमा समेत वृद्धि भएको जानकारी दिए यो कार्यक्रम प्रदेश सरकारले निर्धारण गरेर नै यी दुईवटा वडामा लागू गरेको हो

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?