धार्मिक र पर्यटकिटय स्थल कङकेदेउरालीको पौराणिक महत्व र मान्यता

खिम खड्का

अन्य महत्वपुर्ण धार्मिक स्थलहरु जस्तै गुल्मीको पश्चिम क्षेत्र मदाने गाउँपालिकामा पर्ने धार्मिक स्थल कङकेदेउराली जुन अर्घाखाँची प्युठानको सिमाना नजिक पर्छ हाल सञ्चालन भएको उत्तर दक्षिण जोड्ने  ढोरपाटन मार्ग त्यही क्षेत्र हुँदै विस्तार भएको

प्रचार प्रसारको अभावमा ओझेलमा परेको कङ्केदेउराली आफैमा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको स्थान हो किम्वदन्ती अनुसार आजभन्दा करिब तिन सय बर्ष पहिलेदेखि हाम्रा पुर्वजहरुले प्रत्येक हप्ताको आइतवारका दिन पारेर गाईको दुध धार चढाउनजाने गर्दथे एक दिन त्यस ठाउँमा कुनै जनावरको दिसा देखेछन  त्यो देखेर आफुले लगेको दुध त्यस ठाउँमा नचढाई बाहिर नै पोखी त्यस फोहोर गर्ने प्राणीलाई सराप दिँदै घर फर्किएछन्

त्यो फोहोर प्राणीको नास होस् भनेर सराप दिँदै फर्कने क्रममा यो प्राणी मर्यो या लोप भयो भने हामी तिमीलाई साँच्चिकै देउराली रहेछौ भनि विश्वास गर्नेछौँ प्रत्येक मंगलवारका दिन तिमिलाइ दुधको धार दिनेछौँ भनि घर फर्किएछन त्यस रातभर त्यस प्राणी देउराली वरीपरी क्वाङक्वाङ गर्दै कराएछ बिहानपख त्यस ठाउँमा दुध धार लिएर आएका मानिसहरुले त्यो प्राणी  मरेको अवस्थामा देखेछन्

यस्तो दृष्य देखेपछि यस ठाँउको महत्व मान्यता झनै बढेर गएको पाइन्छ यहाँका मानिसहरुले यस ठाउँको झनै प्रचारप्रसार गर्न थालेको पाइन्छ यसरी यस ठाउँमा क्वाङक्वाङ गर्दै रातभर प्राणी कराएर मरेको हुनाले यस ठाउँको नाम कङकेदेउराली रहन गएको पुर्वजहरुको भनाइ रहेको

कङकेदेउराली मन्दिरमा गएर पुजा गर्ने, भेटि , फुल, ध्वजा चढाउने गर्दा आफुले सोचेका मनोकामना पुरा हुने विश्वास यहाँका बासिन्दाहरुको सैशव कालमा बराहकी छोरी बसुन्धरा यो क्षेत्रमा गाइ पालेर बसेकी सधै दुध चढाउने गरेको यो क्षेत्र पहिले घनाघोर जङ्गलको रुपमा रहेको कङ्केदेउराली पर्यटकिय पुर्वाधार बिकास समितीका अध्यक्ष पृथ्वी कुँवरले बताउनुभयो

किम्बदन्ती अनुसार देउराली ब्रम्हा भनेका दिदी भाई हुन् भन्ने कुरा हामी बुढापाकाबाट सुन्न पाउँछौ कङकेदेउरालीमा एउटा लाकुरीको बोट   जसको चारैतिर विभिन्न श्रद्धालु भक्तजनहरले चढाएका घण्टीहरु छन् लाकुरीको फेदमा एउटा कुण्ड , जहाँ दुध चढाउने गरिन्छ त्यस्तै यहाँ धेरै फलामका त्रिशुलहरु पनि छन्

कङकेदेउरालीको नजिकै रहेको थानाको चौरबाट हामिले धेरै ठाउँहरुको दृश्यावलोकन गर्न सक्छौँ यस ठाउँमा नेपालका भुरे टाँकुरे राजाका सेनाहरुले बसोबास गर्न बनाएका कोट ( सुरक्षा पोष्टहरु ) का अवशेषहरु अझसम्म पनि देख्न पाइन्छ यस ठाउँबाट उत्तरका हिमश्रृङखलाहरुको सुन्दर दृष्यहरु अवलोकन गर्न पाइन्छ भने पुर्वमा जिल्लाकै प्रशिद्ध रेसुङ्गाको साथै अर्घाखाँचिको खाँचिकोट, पश्चिममा प्यूठानको प्रसिद्ध स्वर्गद्धारी समेत देख्न सकिन्छ

कङकेदेउराली केहि तल हाम्रो देशमा पर्यटकहरुको मन लोभ्याउने खालका लालीगुराँस फुलहरु सिजन अनुसार ढकमक्क फुलिरहेका देख्न सकिन्छ यस ठाउँको केहि पर ठूलो क्षेत्रफलमा रहेको खाली जमिनमा पश्चिम क्षेत्रकै लागि आवश्वक पर्ने हवाई मैदान बनाउनसकिने जमिन यसका साथै केही तल ठूलो तलाउ बनाउन सकिने जमिनको साथै धेरै पानीका श्रोतहरु पनि छन्

हाल आएर कङ्केदेउरालीमा टाढा टाढा बाट आउने पर्यटकको खाना बस्नको लागी होटेलको समेत व्यबस्था रहेको बालबालिकाहरुलाइ मनोरञ्जन दिनको लागी चिल्ड्रेन पार्क,रोटे पिङ लगायतका संरचना निर्माण गरिएको भने टाढा टाढाको दृश्य अवलोकन गर्नको निम्ती भ्यु टावर समेत निर्माण गरिएको गोल पोखरी, स्विमिङ्ग पुल समेतको निर्माण गरिएको कङ्केदेउरालीमा पछिल्लो समय पश्चिम नेपालकै ठुलो बुद्धको मुर्ती राख्ने काम अन्तिम चरणमा पुगेको

मदाने गाउँपालिका वडा नम्बर का पुर्व वडा अध्यक्ष तोकम कुँवरका अनुसार मदाने गाउँपालिका वडा नम्बर मा पर्ने कङ्केदेउराली हाल हेक्टर क्षेत्रफलमा फैलिएको यसको वरीपरी १४ सय ५० मिटर लम्बाइको पर्खाल जालीले घेरिएको साथै उहाँले यसको बिकास बिस्तारको लागी यस क्षेत्रका अग्रजहरुको अहम भुमिका रहेको बताउनुभयो

पछिलो समय कङ्केदेउरालीमा जलाशय परियोजना अध्ययनको काम अगाडी बढेको स्थानिय, प्रदेश केन्द्र सरकारले यसको प्रबर्धनमा भुमिका खेलेको बताउनुहुन्छ मदाने वडा नम्बर का वडा सदस्य बसन्त कुवँर उहाँका अनुसार अहिले कङ्केदेउराली पर्यटकिय पुर्वाधार बिकास समिती गठन गरेर यसको बिकाश प्रबर्धनको काम अगाडी बढिरहेको

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?