अनिल नेपाली
१७ भदौ,अर्घाखाँची–क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका लुम्बिनी प्रदेश संयोजक कृष्ण केसीले मुलुकमा भ्रष्टाचार र अत्याचार बढ्नुको मुख्य कारण अहिलेको संसदिय व्यवस्था र राजनीतिक दल मुख्य रहेको बताएका छन ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल द्वारा आयोजित महङ्गी भ्रष्टाचार र अत्यचारको बिरोध सभालाई सोमबार सदरमुकाम सन्धिखर्कमा संबोधन गर्दै नेता केसीले यस्तो बताएका हुन ।
नेता केसीले सरकारले अहिलेसम्मका भ्रष्टाचारीलाई चोख्याउने र नीतिगत रुपमै भ्रष्टाचार गर्ने वातावरण बनाउन कानुनमा पाँच बर्षे हदम्यादको प्रस्ताव गरेको बताउदै पाँच बर्षे हदम्यादको प्रावधान भ्रष्टाचारलाई संस्थागत गर्ने सामान्य प्रयत्न मात्र नभएर देशकै अस्तित्व माथी आघात पुर्याउने षड्यन्त्र भएको बताउँदै केसीले सो प्रस्ताव भ्रष्टाचारको संरक्षणका लागि अहिलेको सरकारले ल्याएको बताउँदैअहिले सरकार भ्रष्टाचारीको संरक्षण गर्न संविधान उल्लङ्घन गरि बनेको बताए ।
कार्यक्रममा पार्टीका विभिन्न तहका नेता कार्यकर्ताको उल्लेखनीय सहभागीता रहेको थियो कार्यक्रमको संचालन जिल्ला संयोजक राजेन्द्र नेपालीले गरेका थिए