अनिल नेपाली,
१६ भदौ,बाग्लुङ–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष नारायण खनालले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने बैज्ञानिक समाजवादी शिक्षा आजको आवश्यकता भएको बताएका छन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन (क्रान्तिकारी) को आज हटियामा सम्पन्न २५ औं बागलुङ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै खनालले उक्त भनाई राखेका हुन । उनले देशमा दुई थरी शिक्षा भएको र शिक्षा प्रणाली अनुत्पादक भएकाले राज्यले शिक्षामा बजेट बढाउँदै गुणस्तरिय र प्राविधिक शिक्षाको वातावरण गराउनुपर्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला ईन्चार्ज बलावती शर्माले विद्यार्थी परिवर्तनका बाहक भएकाले जनयुद्धका उपलब्धीको रक्षा गर्दै समाजवादी शिक्षा प्राप्तिका लागि अखिल क्रान्तिकारीमा सङ्गठित हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य तथा गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरे, गण्डकी प्रदेश समितिका उपाध्यक्ष ज्ञामनाथ गैरे अनिल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश सभाका प्रमुख सचेतक कुसुम बुढा, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, अखिल क्रान्तिकारीका केन्द्रिय सचिव जिवन शर्मा, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य तथा ताराखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रकाश रोका, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गलकोट नगर समितिका उपाध्यक्ष गंगा भुजेल, एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका जिल्ला अध्यक्ष तथा अखिल क्रान्तिकारी बागलुङका पूर्व अध्यक्ष विर बहादुर चोखाल, नेपाल विद्यार्थी संघ बागलुङ जिल्ला अध्यक्ष दिनेश पन्त, विप्लव निकट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुधन सि ले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा अखिल क्रान्तिकारी गलकोट नगर समितिले गित तथा नृत्य प्रस्तुत गरेका थिए । सम्मेलनमा केन्द्रिय सचिव जिवन शर्माले राजनितिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सम्मेलनले खिमानन्द कँडेल विकासको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा प्रभातसाहनी, भिम बुढा, कमला पौडेल, सचिवमा प्रदिप थापा, कोषाध्यक्षमा मञ्जु रसाईली, सहसचिवमा मदन पौडेल र देबिराम घर्ती रहेकाछन ।
कार्यक्रम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन (क्रान्तिकारी) का जिल्ला अध्यक्ष विकास कडेंलको अध्यक्षता, ढोरपाटन नगरसमिति अध्यक्ष कमला पौडेलको स्वागत र केन्द्रिय सदस्य प्रेम बुढाको सञ्चालनमा सम्पन्न भएको थियो ।