धार्मिक मान्यता अनुसार भगवान विष्णुको साक्षात अवतारका रुपमा पुजा गरिने शालिग्राम नेपालको कालिगण्डकी किनारमा प्रशस्तै पाईन्छ । विभिन्न किसिमका आकृति र चक्रहरु अंकित शालिग्रामलाई भगवानको रुपमा नेपालमा मात्र नभएर विश्व भरका हिन्दु धर्म मान्नेहरुले घर तथा मन्दिरहरुमा राखेर पुजाआजा गर्ने गर्दछन ।
धेरै नेपालीहरु भगवानको दर्शन गरी मनोकामना पुरा गर्न र पुण्य कमाउन भारतका बद्रिनाथ, केदारनाथ वा जगन्नाथ पुग्ने गर्छन तर धेरैलाई थाहा नहुन सक्छ त्यहाँका मुख्य भगवान मुर्ति नेपालमा मात्रै पाइने पत्थर शालिग्राम हुन् ।
बराह पुराणमा लेखिएको छ —‘जालन्धर नामका एकजना तपस्वीले ब्रह्माजीमो तपस्या गरेर जबसम्म उनकी श्रीमती वृन्दाले पतिव्रता तोड्दिनन् तबसम्म उनलाई कसैले पनि मार्न सक्दैनन भन्ने वरदान पाएका थिए । त्यही घमण्डले उनले भगवान शिवसंग युद्द लडेर भगवानलाई मारी पार्वतीलाई विवाह गर्न भन्दै हिँडे जालन्धर संगको लडाईँमा भगवान शिवले हार्दै गएपछि देवताहरको बैठकले जालन्धरकी पत्नी बृन्दाको पतिव्रता धर्म तोड्न विष्णुलाई पठाए ।
भगवान विष्णुले जालन्धरको रुपधारण गरी वृन्दाको पतिव्रता धर्म तोडेपछि देवताहरु जालन्धरलाई मारेका थिए । यसरी विष्णुले छल गरी आफ्नो पतिको हत्या गरेको थाहा पाएर पतिको मृत्युमा भावविह्वल भएकी वृन्दाले क्रोधित हुँदै भगवान विष्णुलाई ५ वटा श्राप दिएकी थिइन् । ति मध्ये एक ‘कलियुगमा तँ ढुङ्गा भएस ’ भनि दिएको श्रापलाई आधार मानि अरुभन्दा फरक त्यो ढुंङ्गालाई मानिसहरुले सराप पाएको विष्णु भगवानको रुपमा चिनिन भनेकोले दामोदरकुण्डदेखि बहने काली नदीमा शालिकग्रामको रुपमा रहेका छन् ।
विष्णुले तिमी पनि सँगै झारको रुपमा रहनु भनेका हुनाले वृन्दा पनि तुलसीको रुपमा रहेकी छन् । त्यसैले शालिग्रामसंग जहिले पनि तुलसीको पातले पुजा गर्नुपर्छ ।”
यहि धार्मिक मान्यता अनुसार भगवान विष्णुको अवतारको रुपमा पुजा गर्ने गरिन्छ । हरेक मन्दिरमा यहि शालिग्राम राखिएन भने पूर्णता सिद्ध नहुने मान्यताका आधारमा भारतका जुनसुकै ठूला मन्दिरहरुमा शालिग्राम राखिएको जानकारहरु बताउँछन् । धार्मिक ग्रन्थअनुसार अरु धातु वा पत्थरका मूर्तिहरुलाई ईश्वरको नाममा प्रतिस्थापन मात्रै गरिए पनि शालिग्रामलाई जिवीत अवतारन नै मानिन्छ । त्यसैले प्रतिस्थापन गरिरहनु पर्दैन भन्ने मान्यता छ ।
शिव पुराणमा भनिएको छ —
“अग्राह्यं शिवनैवेद्यं पत्रं पुष्पं जलम् ।
शालिग्रामशिलासंगात्सर्व याति पवित्रिताम् ।।
अर्थात कुनैपनि शिवको मन्दिरमा शालिग्रामको स्पर्श नभएको प्रसाद पनि अयोग्य हुन्छ । त्यसकारण शिवालयमा पनि शालिग्राम साथैमा राख्नुपर्छ । शालिग्राम नेपालको कालिगण्डकी क्षेत्रमा मात्रै पाईने कालो पत्थर हो । यो नेपालको दामोदरकुण्ड, मुक्तिनाथ,सेतिवेनी ,रुरु लगाएतका धामहरुमा प्रशस्त पाईन्छ ।
हिन्दु धर्मावलम्बीहरुले यो शिलालाई साक्षात भगवान विष्णुको अवतारको रुपमा पुज्छन् । चारधाम जहाँ काठको मुर्ति छन् त्यसको विचमा नेपालकै सालिग्राम छन् । बद्रिनाथ, केदारनाथ जस्ता प्रमुख तिर्थहरुमा पनि हामी नेपालीहरु जान्छौँ र हाम्रै नेपालबाट लगेको शालग्रामको जलपान गरेर आउँछौ । पछिल्लो समयमा शालिग्राम भनेर चिनिने भएपनि यसको वास्तविक नाम शालग्राम हो ।
शालिग्राम धार्मिक मात्र नभएर बैज्ञानिक रुपमा पनि महत्वपूर्ण रहेको भन्ने गरिन्छ । शालिग्राम भित्र सुन हुने गर्छ । सुन हुने भएकोले आयुर्वेद भाषामा शालग्राम धोएर जल पिउनुले स्वर्णक्षारको काम गर्ने र अम्लपित्तको औषधी हुने गर्छ भन्ने विश्वास छ ।
शालिग्राम राखिएको ठाँउमा चट्याङ र असिनाहरु कम पर्ने तथा सुर्यका किरण बढी शोषण गर्ने भएकोले यो राखिएको ठाउँ वरीपरीका किटाणुहरु धपाउने हुँदा रोग किरा पनि कम लाग्ने विस्वास रहेको छ । शिला धोएर निस्किएको जलमा पूर्ण खनिज पदार्थ पाईने भएकोले त्यो पानी पिएमा दाँत र हड्डीहरु बलियो बनाउँछ । शुद्ध सुन पत्ता लगाउको लागि कसि लगाउने ढुङ्गा पनि शालिग्राम हो ।
शालिग्राम विभिन्न आकारका अच्चमका मान्छेले कुँदेजस्ता चक्रहरु सहितका हुन्छन । यो अच्चमको र अनौठो पत्थरको धार्मिक तथा वैज्ञानिक महत्वको कारणले पछिल्लो समयमा चोरी निकासी हुने क्रम बढेको कालिगण्डकी किनारका बासिन्दाहरु बताउँछन् । रुद्रवेनी धाममा विश्वकै धेरै, १७ हजार बढि शालिग्राम राखिएको छ भने सेतीवेनीमा रहेको शिलालाई विश्वकै ठूलो शालिग्राम मानिएको छ ।
लेखक – खिम खड्का