अमेरिकामा एक नेपाली छात्राको गोली हानी हत्या भएको छ । ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत छात्रा मुनापाण्डेलाई उनी बस्ने अपार्टमेन्टमै गोली प्रहार भएको हो ।
मुना एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेन्ट’ को रूपमा २०२१ मा अमेरिका पुगेकीथिइन् । घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । अमेरिकाबाट प्रकाशित हुने हिमालय खबर डटकममा प्रकाशित समाचार अनुसार उनी ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा बस्दै आएकी थिइन् ।
प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चात ‘अटस्पी’ (पोष्टमार्टम) का लागि शव अस्पताललाई जिम्मा लगाएको समाचारमा जनाइएको छ मुनालाई ३ वटा गोली हानिएको थियो । ओछ्यानमा देखिएको रगतको टाटाले समेत उनलाई शरीरको माथिल्लो हिस्सामा पहिले गोलीहानिएको हुनसक्ने अनुमान गरिएको छ ।
२१ बर्षिया मुनाको नेपालमा आमा मात्र छिन् ।
अमेरिकाको टेक्सासमा एक महिनाभित्र दोस्रो नेपालीको हत्या भएको हो । गत २९ जुलाईमा ३० वर्षिय दिपक वली मारिएका थिए ।