१० भदौ , कपिलवस्तु – सुर्खेत देखि बुटवल आउदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । कपिलवस्तुकोशिवराज नगरपालिका वडा नम्बर १ बनकसबासमा सुर्खेतबाट बुटवल तर्फ हिडेको लु २ ख १५९८ नम्बरको बस दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार १९ जना घाइतेमध्ये ७ जनाको भैरहवा युनिभर्सल मेडिकल कलेज ,५ जनाकोबुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भरहेको छ ।
मोटरसाइकललाई बचाउने क्रममा सो बस पल्टिएको बताइएको छ । बसमा २४ जना यात्रुहरु रहेका थिए ।