spot_img

भ्रष्टाचारमा हदम्याद मान्य हुँदैन –अखिल (क्रान्तिकारी)

spot_img

१० भाद्र, काठमाडौंनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकटको अखिल (क्रान्तिकारीले भ्रष्टाचारमा हदम्यादको कुरा आफूहरुलाई मान्य नहुनेचेतावनी दिएको नेपाली कांग्रेस नेकपा (एमाले)को गठबन्धनले भ्रष्टाचारीलाई जोगाउँने संरक्षण गर्ने उदेश्यले हदम्यादको बिषयउठाएको आरोप अखिल (क्रान्तिकारी)ले लगाएको

अखिल (क्रान्तिकारी)का अध्यक्ष पंचा सिंहले आज एक बिज्ञप्ती जारी गर्दै भ्रष्टाचारीलाई संरक्षण गर्ने उदेश्यले ल्याउँन लागेकोहदम्यादको बिषय आफूहरुलाई मान्य नहुने जनाएकी छन्

भ्रष्टाचारी जो सुकै भए पनि चाँडो वा ढिलो कानुनी कठघरामा उभिनै पर्छ उनीहरु छानबिनको दायरामा आउनैपर्छभन्ने स्पष्ट मान्यताअखिल (क्रान्तिकारी)को रहेको उनले जनाएकी छन्

भ्रष्टाचारीलाई मृत्युपछि पनि मुद्दा चलाउन सकिनेभ्रष्टाचार निवारणसम्बन्धी ऐन २०५९ को  प्रावधान संशोधन गरेर हदम्याद राख्नसरकारले अघि बढाएको विधेयक तयारीले यो कुरा स्पष्ट संकेत गरेको अखिल (क्रान्तिकारी)ले जनाएको भ्रष्टाचार गरेर अकुतसम्पती आर्जन गरेका निकटस्थहरुलाई कानूनी रुपमै उन्मुक्ति दिने उद्देश्यले आएको प्रस्ताव तयारीप्रति अखिल (क्रान्तिकारी)ले खेदप्रकट गरेको

भ्रष्टाचार नेपाली समाजमा महारोग बनिरहेको सन्दर्भमा भ्रष्टाचारसम्बन्धी राष्ट्रसंघीय महासन्धि २००३ मा भ्रष्टाचारको मुद्दा चलाउनेमामिलामा सकेसम्म हदम्याद राख्न नहुने राख्नै परे लामो अवधिको राख्नुपर्ने प्राबधानलाई ध्यान दिन, बहुमतको आधारमा कानुनमाथिखेलवाड गर्ने कार्यमा तुरुन्त रोक लगाउन   शुसासनका निम्ति जिम्मेवार बन्न हामी सरकारसँग जोडदार माग गर्दछौंसिंहले जारी गरेकोबिज्ञप्तीमा उल्लेख गरिएको

बहुमतको बलमा भ्रष्टचारी चोख्याउने कानुन आधार बनाउन खोजिन्छ भने अखिल (क्रान्तिकारी) त्यसको कडा प्रतिवाद गर्न तयाररहेको उनले जनाएकी छन् संसदीय मूल्य मान्यता मिच्दै बनेको संसदका दुई ठूला दल कांग्रेस एमालेको सत्ता गठबन्धनलेअघिल्लोसरकारले भ्रष्टाचार बिरुद्ध चालेको कदमको श्रृंखलामा ब्रेक लागाउँदै भ्रष्टचारीहरुको संरक्षणमा उत्रिएकोआभास जनतालाईभईरहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको अखिल (क्रान्तिकारी)ले जनाएको

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?
spot_img