रेकर्ड तोड्दै विष्णु माझी

लोक तथा दोहोरी गायिका विष्णु “ माझीको पुतलीको भट्टी”श्रृङखला अन्र्तगत भाग २० “आइन आमा यो तिजमा ” बोलको नयाँँ तिज गितले सार्वजनिक केहि घण्टामै अन्य गितको रेर्कड तोडेको छ । गित सार्वजनिक भएको ९ घण्टामै ६ लाख भन्दा बढिले हेरेका छन् ।

विगतका वर्षहरुमा जस्तै छोरीको वेदना लाई झल्काउने उक्त गित मौलिक नेपाली भाका गाएकी गाइएको छ । विष्णु माझीको स्वर रहेको उक्त गितको रचना तथा संगित उनका श्रीमान सुन्दरमणी अधिकारीले गरेका हुन् । सपना म्युजिक इन्डस्ट्रीज प्रा.लिले बजारमा ल्याएको गितमा ललिता पौडेलले अभिनयय गरेकी छिन् ।

सार्वजनिक भएको केहि घन्टामै सामाजिक सञ्जालमा भाइरल भएको गितले नेपाली लोक गित तथा संगित प्रेमी दर्शक श्रोतामा छुट्टै क्रेज ल्याएको पाइन्छ । उक्त गितलाई सेअर गर्दै “बल्ल तिज आए जस्तो भयो , गित भनेको यस्तो पो हुनुपर्छ , धन्यवाद विष्णु दिदी, गित सुन्दा रुन मन लाग्यो ”जस्ता प्रतिक्रियाले सामाजिक सञ्जाल तताइरहेको छ ।

गुणात्मक हिसाबले कम गित बजारमा ल्याउने विष्णु माझिका सबै गितले लोक संगित प्रेमि नेपालिलाई सन्तुष्टि दिने गर्छ ।

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?