लायन्स क्लब इन्टरनेसनल ३२५ आई नेपालको सेकेन्ड भिडिजी पदमा विष्णुप्रसाद भण्डारी विजयी भएका छन !
गुल्मेलीहरुको साझा मञ्च गुल्मेली समाजका कार्यसमिति सदस्य रहेका भण्डारी अत्याधिक मतका साथ निर्बाचित भएका हुन ।
सामाजिक र परोपकारीकार्यहरुमा सक्रियताका साथ सहभागिता जनाउदै आइरहेका सामाजिक व्यक्तित्व भण्डारीले लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको चौथो महाधिवेशनबाट सेकेन्ड भिडिजी पदमा निर्वाचित भए पश्चात विगतको भन्दा अझै सक्रियताको साथ सामाजिक कार्यमा लाग्ने बताए ।

यसैगरी लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको चौथो राष्ट्रिय महाधिवेशनबाट लायन वर्ष २०२६/०२७ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा लायन सूर्य कुमार के.सी, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदमा लायन शैलेन्द्र मोहन भट्टराई तथा सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा लायन विष्णु प्रसाद भण्डारी लगायत निर्वाचित हुनुभएको थियो ।

