कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै अब्बल

२९ माघ, बुटवल लुम्बिनी प्रदेशभरका ३२ नगरपालिका मध्ये कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै सबैभन्दा अब्बल सावित भएको भने देशभर पाचौँ स्थानमा परेको

रेसुङ्गा नगरपालिकाले कुल ७६.७५ अंक प्राप्त गरी प्रदेशमै  पहिलो स्थानमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजामा उल्लेख

आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो जसमा १० असार भित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्त भित्र बजेट पास गरे/नगरेको उल्लेख

यसैगरी आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको समेत मूल्यांकनको सूचक मानिएको आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्त भित्र सार्वजनिक गरे/नगरेकोलाई समेत सूचक मानिएको

यसबाहेक सुचाङ्कमा बजेट खर्चको अवस्था, राजस्व परिचालन, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा, खोप लगाएका बालबालिकाको अनुपात समेत आयोगले मूल्यांकनका आधार मान्ने गरेको

त्यस्तै  ८० अंक कटाउने देशभरिका चार स्थानीय  तह मध्ये गुल्मीको मालिका गाउँपालिकाले ८१.९८ प्रतिशत  धुर्कोट गाउँपालिकाले ८०.५२ प्रतिशत अंक ल्याएर उत्कृष्ट गाउँपालिकाको सूचीमा अगाडि छन्

लुम्बिनि प्रदेशमा कुल १०९ स्थानीय तह छन जसमा: उपमहानगरपालिका ३२ नगरपालिका रहेका छन

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?