२३ माघ, बुटवल । छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड बुटवल शाखाले १९औँ ग्राहक/ सदस्य गुनासो सुनुवाइ तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
माघ २३ गते (आज) बुटवलमा संस्थाका आधिकारिक व्यक्तित्व सङ्गै सयौँ सदस्यहरुका बिच उक्त कार्यक्रम सम्पन्न गरिएको छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड बुटवल शाखाका शाखा प्रवन्धक प्रकाश संग्रौलाले बताउनुभयो ।

विविध कार्यक्रम सहित सम्पन्न गरिएको कार्यक्रममा सदस्यहरुको गुनासो सुनुवाइ गर्नुका साथै सदस्यहरुको प्रश्नमा संस्थाको तर्फबाट प्रकाश समेत पारिएको थियो ।
कार्यक्रममा विविध पुरस्कार वितरण कार्यक्रम अन्तर्गत SEE २०८१ मा उत्कृष्ट नतिजा ल्याउन सफल संस्थामा आवद्ध २ जना सदस्यहरुका छोराछोरीहरुलाई जनही ५ हजार २ सय ५० नगद छात्रवृत्ति र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै इकाई भेलामा उत्कृष्ट हुने १० जना सदस्य सहित सदस्यका छोराछोरीलाई जनही ३६ सयका दरले नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
संस्थाले यो आर्थिक वर्षमा ५३ जना सुत्केरीहरुलाई सुत्केरी खर्च वापत कुल १ लाख ६६ हजार नगद प्रदान गरेको छ । त्यस्तै यो आर्थिक वर्षमा १ सय ८७ जना सदस्यहरुलाई ३ सय ७४ वटा फलफुलका विरुवा वितरण गर्नुका साथै संस्थाले विगत १ वर्षमा १ सय ६० जनालाई विविध तालिम समेत हस्तान्तरण गरेको प्रवन्धक संग्रौलाले बताउनुभयो ।

२०६२ साल श्रावण १ गते स्थापना गरिएको संस्थामा हाल कुल ३७ सय ७५ सक्रिय सदस्य रहेका छन भने ३१ सय ४२ जनाले विभिन्न व्यावशायका लागी कर्जा लिएका छन ।
संस्थामा हाल ६६ करोड ७३ लाख १९ हजार ६ सय ३१ बचत छ भने ६४ करोड १५ लाख ५४ हजार ७ सय ८६ कर्जा लगानी गरिएको छ ।
आज सम्पन्न कार्यक्रममा केन्द्रिय कार्यालयबाट विभागिय प्रमुख उत्सवराज जोसी, प्रदेश प्रवन्धक रामनाथ महतो, शाखा अनुगमन प्रमुख प्रेम कुमार नायाजु लगायतको उपस्थिति थियो भने कार्यक्रमको सञ्चालन सुरेश अर्यालको रहेको थियो ।
छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रिय कार्यालयले यस प्रकारको कार्यक्रम बुटवल सहित सातै प्रदेशको १९७ शाखामा गरिरहेको छ । यो संस्थाको केन्द्रिय कार्यालय काठमाडौंको मध्य बानेश्वरमा रहेको छ ।


