रुपन्देही क्षेत्रलाई पत्रकारिताको कर्म गराउदै आएका रुपन्देहीको सैनामैना निवासी पत्रकार सुरेश परियार पुरस्कृत भएका छन ।

नेपाल जेसिजको ५२ औं महाधिवेशनको अवसरमा `उत्कृष्ट युवा पुरस्कार –२०२५´बाट नगद, स्वर्ण पदक तथा सम्मान पत्र द्वारा सम्मानित भएका हुन् । जेसिजले विगत देखि विभिन्न विधामा सम्मान गर्दै आइरहेको छ ।

नेपाल भरिबाट छ्नोटमा परि प्रशासन तथा प्रचार क्षेत्रमा उल्लेखिय योग्दान पुर्याएको भन्दै एकल रुपमा नेपाल जेसिजको उद्वघाटन सत्रमा परियार सम्मानित भएका हुन् । परियार विगत एक दशक भन्दा बढी देखि निरन्तर पत्रकारिता गर्दै आएका छ्न ।


