भुजेलहरूको पहिचानः भुजेली पर्व – विष्णु घर्ती ‘भनभनेली’

विषय प्रवेशः

नेपाली समाजका विभिन्न जातजातिहरूले मनाउने चाडपर्वका आफ्नै तौरतरिका रहेका छन् भुजेल/घर्ती समुदायले मनाउने भुजेली पर्व सांस्कृतिक एकता, पूर्वजप्रति कृतज्ञता सामुदायिक पहिचानलाई सुदृढ गर्ने महत्त्वपूर्ण परम्परागत पर्व हो

यस्ता खालेपर्वहरू भनेका आफ्ना आस्था, विश्वास, संस्कार, नैतिकता, धार्मिकता, आफ्नो कूल तथा पितृहरूप्रतिको सम्मान प्रकट गर्ने सुनौलो अवसर पनि हो यो पर्व खेतीपातीको चक्रसँग प्रत्यक्ष रूपमा जोडिएको हुँदा धान, मकै, कोदो आदिको उत्पादन भित्र्याएपछि मनाइने गरिन्छ

भुजेली पर्वको केन्द्रमा देवाली पूजा पर्दछ, जहाँ कुलदेउता तथा पूर्वजहरूको सम्मान गर्दै आगामी वर्ष रोग व्याधि, विपत्ति अभावबाट बचाउन सामूहिक प्रार्थना गरिन्छ यस अवसरमा विभिन्न ठाउँका सबैजसो सदस्यहरू भेला भई भुजेली गीत नृत्य, परम्परागत कथन, सामाजिक सम्बन्ध पुनःस्थापना तथा सामूहिक भोज मार्फत सामुदायिक ऐक्यबद्धता मजबुत पार्दै आएका छन्

यि पर्वहरूको अर्को सुन्दर पक्ष पनि रहेको , जसमा संगोत्रीय दरदाजुभाईहरू बिच संस्कृतिको संरक्षण, पहिचानको निरन्तरता पुस्तान्तरणका दृष्टिले भुजेली पर्व अत्यन्त महत्त्वपूर्ण मानिन्छ, किनकि यसले भाषा, परम्परा, धार्मिक मान्यता तथा सामाजिकसंरचनासँग सम्बन्धित ज्ञानलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने जीवित माध्यमको भूमिकासमेत खेलेको

भुजेल समाजः

अहिले अग्रस्थानमा आउन नसकेको समुदाय वा जनजाति मध्ये भुजेल पनि एउटा आदिवासी जनजाति होआदिवासी जनजातिहरूको सम्बन्ध हजारौं वर्षदेखि भूमि प्रकृतिसँग गाँसिएको उनीहरूका लागि जल जमिन पवित्र स्थलहरू हुन् शिकार खेलेर विभिन्न चौरचरनमा पशुपालन गरेर वा खेतीपाती गरेर वा कन्दमूल बटुलेर जीविका चलाउथे यो जाति आदीवासी जनजातिमा सूचिकृत ५९ जनजातिमध्ये सिमान्तकृत समूहमा पर्दछ

घर्ती/भुजेल जाति आफ्नै खाले स्वतन्त्र भाषा, संस्कृति, धर्म रीतिरिवाज भएको मध्यपहाडी भूभागमा (ढोरपाटन/भुजी क्षेत्र) लाई ऐतिहासिक थलो मान्ने आदिवासी जनजाति हो पूर्वजहरू भुजीखोलाबाट आएकोले भुजीखोले भन्दाभन्दै भुजेल ढोरपाटनको भुजीकोट भुजीखोलामा बस्नेहरू भुजेल तथा रुकुमको घर्ताघोट घर्ताखोलाको नामबाट घर्ती कहलाए

यस जातिका भाषा, संस्कार, संस्कृति, कला, गला आदि तनहुँ (आदिमूल) तथानवलपरासी (छिम्केश्वरी) जस्ता स्थानहरूमा जीवन्त पाइन्छ छरिएर बसोबास गरेकोले यस जातिको खास पहिचान सर्वत्र रूपमा फैलन सकेको छैन यस जातिका घर्ती, भुजेल, खवास, घर्तीमगर, घर्तीक्षेत्री, थापाघर्ती, रानाभुजेल, रोका, जीटी, शिवभक्ती आदिसबै थरहरूको ऐतिहासिक प्रमाणहरू जस्तैः जग्गाधनी पुर्जा, चिना टिप्पन, तमसुक, राजीनामा लगायतका पुराना कागजातहरूमाघर्ती उल्लेख भएको पाइन्छ स्थानीय स्तरमा बाहुल्यता भएका मगर, क्षेत्री, जीसी, गुरुङ्, राना, थापा लगायतसँग समाहित हुँदैगएको पनि देखिन्छ

 भुजेली पर्वः

जसरी थारुको माघी, मगरको साउने माघे संक्रान्ती, शेर्पा, तामाङ, थकाली गुरुङको ल्होसार, राई लिम्बुको उद्यौली/उभौली, नेवारको सिठी नखः जस्तै घर्ती÷भुजेलहरूको भुजेली पर्व राष्ट्रिय पर्व हो यो पर्व हरेक वर्षको मंसिरे पूर्णिमा (उद्यौली) बैशाखेपूर्णिमा (उभौली) का दिन यस जातिका थरउपथरहरूले प्रकृति पूजाका रूपमा मनाउँछन्

हाम्रा पुर्खाहरूले प्रारम्भिक कालदेखि नैआफ्ना परिवार, गाइवस्तुहरू, वालीनालीहरू मानवजातिको रक्षाका लागि सूर्य, वायू, जल, जमीन जंगलको पुजा गर्दै आएका थिए सुरुसुरुमा सामुहिक रूपमा प्रकृति पुजनको आयोजना गरिन्थ्यो अझै पनि भुजेल धामी झाक्रीहरूले, बुढापाकाहरूले आफ्नो स्थानमा गोठपुजा, कूलपुजा, झाक्रीपूजा वा प्रकृति पूजा गर्दै आएका छन् तर यो प्रकृति पूजाले भुजेली पर्वको रूप लिनसकेको थिएन पुर्खाहरूले जे जसरी यो प्रकृति पूजाको आयोजना गरेका थिए त्यसलाई समयसापेक्ष बनाउदै, सामुहकि रूप दिदैहालका दिनहरूमा भुजेली पर्वका रूपमा भव्यताका साथ मनाउने गरिन्छ

 भुजेली पर्वका सामग्रीहरूः

सिमाली, बाँसका लिंगा, तिते पातीका लिंगा, विभिन्न पाँच रङ्गका ध्वजाहरू, काँचो धागो, पाँच थान ढुङ्गाहरू (सूर्य, वायू, जल, जमीन जंगलको प्रतिक बनाउन), अविर, पसपति रङ्ग, अक्षता, बत्ती भएको दुइवटा त्रिशुल, दुई वटा दियो, पाँच वटा कलश, फलफूलहरू, फूलका मालाहरू, चामलको पीठो, एक जोर परेवा (उडाउन) वा कुखुरा वा हाँस वा बोकामध्ये विधिको रूपमा कुनै एकवस्तु भए पनि पुग्छ इच्छा समयानुकुल फलफुलबाट पनि काम चलाउन सकिन्छ

 भुजेली पर्व विधिः

भुजेल धामी वा झाक्री वा पुजारामे (फ्होरो) वा जान्ने मान्छे जो भए पनि उसमार्फत पुजा सञ्चालन गर्न सकिने नुवाई धुवाई गरीवरी सफा सुग्घर रहनु पर्दछ सम्भव भएसम्म भुजेल पोशाक लगाउने गर्नु पर्छ समग्रमा यसरी सूर्य, वायू, जल, जमीन जंगलकोआह्वान गर्दा बाजा बजिरहनु पर्दछ प्रत्येक प्रतिकको आह्वान गर्दा पाँचै थानको परिक्रमा गर्नु पर्दछ एक पटकको परिक्रमा पुरा हुँदाफूल अक्षता चढाएर सेवानूङ् (नमस्कार) गर्ने पाँचै थानको परिक्रमा सकिएपछि धूप ध्वार गर्ने बलीलाई मन्साउँदा आफ्नोकूलकुटुम्ब तथा सन्तानहरूलाई सधै राम्रो होस्, पितृहरू खुशी रहून, आफ्नो मनोकाङ्क्षा पुरा होस् भन्दै बलीको टाउकोमा जौतिलानीले शुद्ध पारिएको पानीले छर्किने उसले टाउको हल्लाएमा मानेको वा ठिक भन्ने मान्यता रही आएको

बली चढाएको वस्तु त्यही स्थलमा पकाइ प्रसादको रुपमा ग्रहण वितरण गर्ने यसपछि नाँचगान गरी रमाइलो गरिन्छ क्रमशः सूर्य, वायू, जल, जमीन जंगलको उपासना घर्ती/भुजेल भाषाका विभिन्न मन्त्रोचरण गर्दै गरिन्छ उदाहरणका लागि सूर्यको आह्वानकोमन्त्रोच्चारण राखिएको

 

हे ! न्याम नाङ् सक थोङो सलीक स्रोतलाई ब्राबो मयो नाबो पाओ आपालम् आपालाम् पेवो पेलो सक्तकाइ पेवो ल्यामलई थोङोबाइनाउ उबेत लई नाङ् मुना एबेतापा नी मूना एबेत यी संसार मूना नीकाई थाङोबइती मूव नीकाइथ्हाहो बइती मूबो नी भन्दाआधेरको लमी नीई पछेम मूलइ लक्ना नीको मयोलम काई नीक यूव यूवती लाम काई बूथा बूथा लमकाई नीक बाली नालीकाईनीक मे याउ वस्तू लमकार्य उचीत थहाहो बइमई नी नाङकाई ल्याम बानो बिभिन्न रंगक् सुवासीत रोलमकाई अबीर लमी सूगन्धीत्धूपलमी एबेत यी दयूनो बाली छाक्बेत नाङको आरधना रहाना नीच क्रूत जोरबेत सेवानूङ्

यसको नेपाली रूपान्तरण (हामी अज्ञानीछौ, वुद्धि विवेक देऊसेवानूङ् हामी निर्बल छौं तागत शक्ति देऊसेवानूङ् हामी जानी नजानी तिम्रो आरधना गर्दछौ हाम्रोआरधनाबाट खुशी होऊसेवानूङ् सम्पूर्ण मानवहरूको कल्याण गरसेवानूङ् सेवानूङ् सेवानूङ् ) हुन्छ

 निष्कर्षः

जनजातीय इतिहास, पहिचान अधिकारको लागि भुजेलको भावनालाई सम्मान गर्नु आजको आवश्यकता हो प्रकाशित अप्रकाशित ऐतिहासिक तथ्यहरूले यस जातिका बारेमा विभिन्न खालका जीवित तथ्यहरूलाई बाहिर ल्याइसकेका छन् यसजातिका नाममा स्थानीय स्तरमा रहेका स्थल नामले समेत यसै कुरालाई थप पुष्टी पार्दछ जस्तैः घर्ताकोट, घर्ताखोला, भुजीखोला, भुजी उपत्यका, घर्तीछाप, घर्तीगाउँ, घर्तीकाचौर, खवासटोल, घर्तीटोल, भुजेलटाँरी, भुजेलधारा, घर्तीफाँट, भुजेलथान, भुजेलपानी, भुजेलमारा, भुजेलखर्क, घर्तीडाँडा आदि

आदिवासी जनजातिहरूका मूख्य पहिचानमध्ये आफ्नै संस्कार संस्कृति अन्तरगतकोराष्ट्रिय पर्व पनि भएको तथा अन्य आदिवासी जनजातिहरूका राष्ट्रिय पर्वमा सार्वजनिक विदा हुँदै आएको सन्दर्भमा उद्यौली उभौलीपर्वको दिन भुजेली पर्वको रूपमा समेत नेपाल सरकारका तर्फबाट घोषण भई सावजनिक विदा हुने व्यवथा मिलाउनुपर्ने अवस्थादेखिन्छ  

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?