२०८२ साल कार्तिक २९ गते शनिबारका दिन सैनामैना–१, रुपन्देहीमा स्थापित सैनामैना सांस्कृतिक समूहले शुभ तिहारको अवसरमा आयोजना गरिएको देउसी–भैलो कार्यक्रमबाट संकलित रकम मानव सेवा आश्रम, तिलोत्तमा बुटवल शाखामा सहयोग गरेको छ ।
समाजबाट उठेको रकम समाजकै सेवा र हितमा प्रयोग गर्नुपर्छ भन्ने उद्देश्यका साथ समूहले आश्रममा आश्रित अनाथ, असहाय, अपाङ्ग तथा विपन्न १८० व्यक्तिहरूलाई खाजा–भोजन वितरण गरेको हो ।
प्रकाश चौधरीको अध्यक्षता र समूहका सदस्यहरूको सक्रिय सहजीकरणमा सम्पन्न कार्यक्रमको सञ्चालन कमल खड्काले गरेका थिए । यस कार्यले असहाय तथा अपाङ्ग नागरिकहरूलाई केही राहत पुगेको समूहले जनाएको छ।
कार्यक्रममा धारणा राख्दै कार्यक्रमका अध्यक्ष चौधरीले उक्त मानव सेवा आश्रममा कार्यक्रम निकै उत्साहपूर्ण बातावरणमा सम्पन्न भएको र सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरुलाई धन्यबाद व्यक्त गरेका थिए ।
मानव सेवा आश्रम बुटवलको सभाहलमा सम्पन्न उक्त कार्यक्रम शान्त, मनोरम र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको समूहका संयोजक कमल खड्काले बताए ।

