होटल व्यावशायी संघ चितवन कृष्णपुर इकाई द्धारा दर्जन बढि कुर्सी सौजन्य

प्रेम खड्काचितवन संवाददाता (पावर संचार)
२८ कार्तिक, भरतपुर । होटल व्यावशायी संघ चितवन कृष्णपुर इकाईले कार्तिक २८ गते (आज) वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल छेउमा ४ वटा कुर्सी राखेको छ भने कार्तिक २९ गते (भोली) अन्य ७ वटा गल्लीमा कुर्सी राख्ने निर्णय गरेको छ ।
होटल व्यावशायी संघ चितवन कृष्णपुर इकाईले भरतपुर क्यान्सर अस्पतालमा सेवा लिन आउने विरामी र कुरुवाको सहजताको लागी अस्पताल छेउमा ४ वटा र प्रत्येक ७ वटा गल्लीमा १/१ वटा कुर्सी राख्ने निर्णय सहित कार्यन्वयनमा लगेको हो ।
होटल व्यावशायी संघ चितवन कृष्णपुर इकाई अध्यक्ष तथा  मुक्तिनाथ होटलका संचालक इन्द्र रिजाल सहित समितिको पहलमा रु ७ हजार बराबरका फलाम र सिमेन्टबाट निर्माण गरिएका १ दर्जन बढि कुर्सी सौजन्य गरिएको होटल व्यावशायी संघ चितवन कृष्णपुर इकाई समिति सदस्य तथा सुपादेउराली होटलका संचालक एवं पावर संचार चितवन संवाददाता प्रेम खड्काले बताए ।
विगत देखि नै सामाजिक कार्यमा सक्रिय कृष्णपुर इकाईको वर्तमान र निवर्तमान दुवै कमिटीको समन्वय र सहयोगमा यो कार्यक्रम गरिएको सदस्य खड्काले जानकारी दिए । कार्तिक २६ गते इन्द्र रिजालको नेतृत्वमा १२ सदस्यिय होटल व्यावशायी संघ चितवन कृष्णपुर इकाई पुनर्गठन गरिएको थियो ।
spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?