किन गोविन्द पन्थीको श्रम तथा रोजगार मन्त्रीको रुपमा GENZ पुस्ताले नाम लिइ रहेको छ ?

पछिल्लो समय अन्तरिम मन्त्रिपरिषद्को श्रम तथा रोजगार मन्त्रालयको रुपमा चर्चामा रहेका एक पात्र हुन गोविन्द पन्थी यस्तो छ उनको पृष्ठभुमी ।

१) उनी नेपाल प्रहरी बाट एक बर्ष अघि मात्र अबकाश भएका डिएसपी हुन।
२)उनी प्रहरी को उपत्यका अपराध अनुसंधान कार्यालयमा २०७१ सालमा प्रहरी निरीक्षकको रुपमा रहदा बिदेश पठाउने भनी ठगी गर्ने आफुलाइ कसैले छुन नसक्ने सम्झने मेनपावर र कन्सल्टेन्सीहरुलाई निर्भीकताका साथ कानुनी कठघरामा ल्याएर कारबाही गर्दा युवाको मन जितेका थिए।
३) डिएसपी को रुपमा  पुन २०७९ सालमा अपराध अनुसंधान कार्यालयमा गएर भुटानी शरणार्थीको फाइल र  भिजिट भिषाको नाममा ठूलो रकम लिएर  हुने गरेको मानव तस्करीको अनुसंधान गरेर निर्भीकताका साथ  ९ जना  अध्यागमन अधिकृत र ४० जना दलाल , कन्सल्टेन्सी , ट्राभल र नेता सहितलाइ कानुनी दायरामा ल्याएका थिए र अनुसंधान मन्त्री तर्फ सोझ्याउन खोज्दा उनको सरुवा भएकोमा उनी युवाको नजरमा परेका थिए ।
४) अबकाश पश्चात् उनी पुन सामाजिक काममै जोडिएर सरोकार केन्द्र नामको सस्था खोली उक्त संस्था मार्फत बिदेशमा अलपत्र परेका, बेचिएका महिला हरुको उद्दार र कानुनी दायमा ल्याइ रहदा उनि युवाहरुको माझमा झन चर्चामा रहे ।
५) हाल उनी अधिबक्ताको रुपमा सक्रिय छन र अरुले भन्दा भिन्न तरिकाले उनले रकमको अभाबमा न्यायको पहुँचमा पुग्न नसकेका हरु लाई निशुल्क रुपमा कानुनी सेवा दिदै आएका छ्न ।
६) युवा पुस्ताले चाहेको परिबर्तन सङ्ग मिल्दा जुल्दा धेरै लेखहरु उनका प्रकाशित भएका छ्न जुन युवाले रुचाएकी देखिन्छ ।
७) GENZ को आन्दोलनमा समेत उनले सामाजिक संजाल र ब्यक्तिगत रुपमा पनि सल्लाह सुझाब दिएको देखिन्छ ।
८) २४ गतेको GENZ   को आन्दोलन को उद्देश्य बिपरित आन्दोलन भड्काउन खोज्ने तत्वले साखु प्रहरी  लाई  भित्रै राखी आगो लगाउन खोजेको सुचना पाउना साथ उनी आफ्नो ज्यान को प्रवाह नगरी साखु पुगेर आन्दोलनकारि लाइ सम्ज्झाएको र भित्र रहेका प्रहरी लाई निकाल्न भुमिका खेल्दा ठूलो क्षती हुन बाट जोगिएको थियो।त्यसो नहुदा २०/२५ जना प्रहरी र प्रदर्शन कारिको ज्यान जान सक्ने खतरा बाट उनले जोगाएका थिए ।जसले गर्दा उनलाई थप सकारात्मक रुपमा युवा पुस्ताले हेरेको छ।
९) अन्यायका साथ निर्भीक भएर कलम चलाउने र बोल्ने स्वभाबका उनले आफुले भिजिट भिषाको अनुसंधान गर्दा भेटिएका प्रमाण सार्बजनिक गरिदिदा सम्सदमा समेत उनको नामको चर्चा गर्दै रास्वपाले कारबाहीको माग राख्दै संम्सद अबरुद्द गर्दा उनको थप चर्चा चुलिएको थियो।
१०) अन्याय पुर्बक १४ जना प्रहरी कर्मचारी लाई  प्रहरी प्रधान कार्यालयले लामो अबधी सम्म छानबिनको नाममा गैरकानुनी रुपमा नजरबन्द राखेको भनी उनले  आबाज उठाउदा प्रहरी संगठनले बिज्ञप्ति  निकाल्नु परेको र तत्काल नजरबन्द गरि कारबाही प्रक्रियामा राखेका कर्मचारीलाई आ-आफ्नो दरबन्दीमा खटाइएकोमा उनको साहस र निर्भिकताको थप चर्चा हुदा उनी युवाको नजरमा परेका थिए।
११) GENZ का युवाहरुले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेरै पन्थी जस्ता अधिकारी प्रहरी कार्यालयमा किन राखिएन ? उनी छदा हामिलाइ न्याय दिदा कानुनले नछेक्ने अहिले किन प्रहरी लाई अधिकार छैन भनी न्याय नहुने भन्दै प्रश्न गर्दा उनको नाम सामाजिक सन्जाल भरी चर्चाको शिखरमा पुगेको थियो। पछि पन्थीले समेत पत्रकार सम्मेलन बाटै आफू पिडित हरुको साथमा रहेको भनी पिडितको पक्षमा र भ्रष्टाचारमा लिप्त कर्मचारीलाई चेतावनी दिदा उनी थप युवाको नजरमा परेका हुन ।
spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?