शिक्षा ऐन र प्रस्तावित नीति प्रति गुल्मीका निजी विद्यालयहरू आन्दोलनमा

 

अनिल खत्री
३० साउन, गुल्मी निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) एनप्याब्सन गुल्मीले शिक्षा ऐन २०२८ हालकोविद्यालय शिक्षा व्यवस्थापनसम्बन्धी प्रस्तावित नीतिकानून संशोधनका विरुद्ध संयुक्त ज्ञापनपत्र बुझाएका छन् शुक्रबार जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीमा विभिन्न माग सहित ज्ञापनपत्र बुझाएका हुन्

प्याब्सन गुल्मीका अध्यक्ष राजु कुँवर एनप्याब्सन गुल्मीका अध्यक्ष ओमको नेतृत्वमा भएको टोलीले प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइराला, जिल्ला समन्वय अधिकारी होमनाथ काफ्ले जिल्ला शिक्षा विकास तथा समन्य इकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् ज्ञापनपत्रमा विद्यालयलाई नाफामुखी संस्था भनेर गर्ने वर्गीकरण हटाउन, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउन, विद्यालयले आफ्नै साधनस्रोतबाट छात्रवृत्ति दिने विद्यार्थी सहित १०% भन्दा बढी छात्रवृत्ति दिनुपर्ने प्रावधान हटाउन माग गरिएको

 ज्ञापनपत्रमा निजी विद्यालयहरूको स्थापना राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै, पूर्ण छात्रवृत्ति, विद्यार्थी शुल्क नियन्त्रण, पाठ्यपुस्तक बिक्री प्रतिबन्ध, यातायात सेवा अन्य व्यवस्थामा सरकारले ल्याउन खोजेको नीति अव्यवहारिक रहेको दाबी गरिएको साथै निजी विद्यालयहरूमा गरिएका पूर्वाधार, लगानी, रोजगारी सिर्जना शैक्षिक गुणस्तरलाई मध्यनजर गरी नीति निर्माण गर्न आग्रह गरिएको

 प्याब्सन गुल्मीले यस्तो नीति लागू भएमा विद्यार्थीको शिक्षा, विद्यालयको अस्तित्व हजारौं शिक्षककर्मचारीको रोजगारी संकटमा पर्ने चेतावनी दिँदै शिक्षा क्षेत्रलाई राज्यनिजी सहकार्यको मोडेलमा अघि बढाउन माग गरेको प्याब्सन गुल्मीका अध्यक्ष राजु कुँवरलेबताए

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?