गुल्मी समाज युएईले बृहत तिज फेस्टिभल गर्दै

बिष्णु प्रसाद पन्थी, युएई

रोजगारीका शिलशिलामा युएईमा रहेका गुल्मेलीहरुको संस्था गुल्मी सेवा समाज, युएईले हरितालिका तीजको अवसरमा  तिज फेस्टिभल गर्दैछ समाजले यही अगष्ट ३१ तारिकका दिन तिज फेस्टिभल आयोजना गर्न लागेको हो

आपतकालीन राहत कोष स्थापनार्थ आयोजित कार्यक्रममा चर्चित गायिका शान्ता रानी परियार, गायक नन्दु परियार लगायत स्थानिय कलाकारहरुको विशेष सांगीतिक प्रस्तुति रहने कार्यक्रम कन्कर्ड क्रिक भ्यु होटल, बर दुवईमा हुन लागेको संस्थाका सल्लाहकार बिष्णु प्रसाद पन्थीले बताए

यस्ता कार्यक्रमले प्रवासी नेपाली बिच सद्भाव बढाउनुका साथै नेपाली मौलिक संस्कृतिको संरक्षणमा पनि सहयोग पुर्याउने विश्वास लिएको सल्लाहकार पन्थीले बताएका छन उनले युएईमा रहनुहुने सम्पुर्ण गुल्मेली तथा गैर गुल्मेली दाजुभाइ दिदिबहिनीहरुलाई कार्यक्रममा सहभागी भईदिन आग्रह समेत गरेका छन । कार्यक्रममा नेपाली खानाको साथमा कार्यक्रमको आनन्द लिन पाइनेछ कार्यक्रम दिउँसो बजेदेखि सुरु हुनेछ

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?