मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङको मध्य नेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा बिहीबार बिहान सुक्खा पहिरो खस्दासडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक अबरुद्ध भएसँगै पोखराबाट बेँसीसहर जाने र त्यहाँबाट फर्किने सवारी साधनहरूलाई काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै वैकल्पिक बाटो प्रयोग गर्न निर्देशन दिइएको छ ।
पहिरो खस्ने क्रम जारी रहेकाले तत्कालै हटाउन नसकिने अवस्था रहेको इलाका प्रहरी कार्यालय भोर्लेटारले बताएको छ ।