नेत्रविक्रम चन्द्र विप्लव ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एमसीसी परियोजना विरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । पार्टीले साउन ३० गते देशका प्रमुख शहरहरूमा विरोध कार्यक्रम सञ्चालन गर्ने गरि बिरोध कार्यक्रमको घोषणा गरेको जनाएको छ ।
पार्टीको एमसीसी सरोकार समितिका संयोजक भरत सीले एक विज्ञप्ति जारी गर्दै भनेका छन “एमसीसी सम्झौता संशोधन बिना पुनः लागू गर्न खोज्नु राष्ट्रिय स्वाभिमान विरुद्धको घातक प्रयास हो । नेकपासँगै स्वाभिमानी नेपाली जनता यस.विरुद्ध निरन्तर आन्दोलनमा छन् ।” नेकपाले केही महिना अगाडि स्थगनमा परेको अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा पुनः कार्यान्वयन गर्न लागिएको प्रति आपत्ति जनाएको छ ।
“एमसीसीको उपस्थितिले राष्ट्रको सार्वभौमिकता र स्वतन्त्रतामाथि खतरा उत्पन्न गराउने भएकाले यसको पूर्ण खारेजी नभएसम्म संघर्षजारी रहनेछ,” विज्ञप्तिमा नेकपाले उल्लेख गरेको छ ।

