सुरेन्द्र परियार
५ अगस्ट / युएई । सैनामैना सेवा समाज युएईले बृहत् तिज कार्यक्रम सम्पन्न गरेको छ । असाहय एबं बिपन्न बिधार्थीहरूको शैक्षिक बिकाशका लागि अक्षयकोष स्थापनाका लागि समाजले आइतबार भव्य तिज कार्यक्रम सम्पन्न गरेको हो ।
दुबइको बरदुबइमा भएको सो कार्यक्रममा नेपाली मौलिक तिज गित गुन्जिएपछि साडीमा सझिएका चेलिहरूको मुहारमा उत्साह देखिन्थ्यो, जुलाइ अगस्टको गर्मिको प्रवाह नगरी छमछमि नाचिरहेका चेलिहरू रमाइलो गरिरहेका थिए । परदेशमा घरदेशको झल्को दिने गरी, सैनामैना सेवा समाज युएईले भव्य कार्यक्रम गरेको सहभागीले बताए ।
कार्यक्रममा चर्चित लोक गायक खुमन अधिकारीले मौलिक तिजको एक टुक्का गित गाउनासाथ खचाखच भरिएको हल एकाएक, गुन्जियो । परदेशमा रहेका चेलिबेटी दिदिबहिनीहरू माइतिको सम्झनामा रमाइरहे !

कामको शिलशिलामा युएईमा रहेका नेपाली दिदिबहिनीहरू खुसि मात्रै थिएनन्, ताकि तिजमा सैनामैना समाजले माइतिघरको झल्को मेटिदिएको बताए ! तिज पर्ब चेलिबेटीको बिशेष भएर पनि होला, खचाखच भरिएको हलमा असिन पसिन बन्दै नाचिरहेका चेलिबेटीहरूमा रौनकता थियो , मुहार हसिलो थियो ।
तिज कार्यक्रममा सहभागी दर्शकहरूलाइ नेपालबाट आमन्त्रित कलाकारहरू लोक गायक खुमन अधिकारी र गायिका मंजु भट्टराईले भरपुर मनोरंजन दिए । तिजको झल्को मेटिने गरी खुमन अधिकारिको मौलिक गितमा दर्शक झुमिरहे ।

परदेशको कामको थकान भए पनि कलाकारको प्रस्तुतिले दर्शकलाइ राहात् दिएको अनुभुती देखिन्थ्यो । सो कार्यक्रम संस्थाका अध्यक्ष बिष्णु प्रसाद पन्थिको अध्यक्षता एबं गैर आवाशीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगानाले, सैनामैना समाजले परदेशका दिदिबहिनीहरूलाई घर गाउँको याद मेटाउने गरि कार्यक्रम गरेकोमा प्रशंसा गरे । ´रोजगारीका लागि हामी बिदेशमा छौँ, आफ्नो कला र संस्कृतिको प्रबर्द्धन गर्न सैनामैनाले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ, पछिल्लो समयमा, समाजले विभिन्न अबशर पारी सामाजिक कामहरूमा सकृय भइरहेको छ´– उनले भने ।

कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान्, एनआरएनए एनसीसी युएईका अध्यक्ष बिकाश शाहि लगायतले बोल्दै, सैनामैना सेवा समाजले गरिरहेको सामाजिक कामलाइ निरन्तरता दिन आग्रह गरे । सो अबशरमा बोल्दै कार्यक्रम संयोजक युबराज भट्टराईले, सैनामैना समाजले सबै पदाधिकारीहरूको सकृयतामा भव्य कार्यक्रम गर्न सफल भएको उल्लेख गरे ।
संस्थाका अध्यक्ष पन्थीले सैनामैना सेवा समाजले, छोटो समयमा धेरै मानवीय र सामाजिक कामहरू गरेको बारेमा चर्चा गरे । उनले भने,`युएइमा छोटो समयमा सबैको साथले सामाजिक काममा सैनामैना सेवा समाज अग्रसर भएर अघि बढेको छ ! संस्थाले आयोजना गर्नेहरेक कार्यक्रमबाट सामाजिक परोपकारी काम गर्दै आएको उल्लेख गर्दै उनले थपे , यो तिज कार्यक्रमबाट संकलित रकमबाट बिपन्न बिधार्थिहरूका लागि अक्षयकोष बनाउने छौँ ।

सोहि अबशरमा, विभिन्न समयमा संस्थालाई योगदान गरेका पदाधिकारीहरू , संरक्षक तथा कार्यक्रम संयोजक युबराज भट्टराई , बरिष्ठ उपाध्यक्ष केशव भट्टराई , केन्द्रीय सदस्य कमला पाण्डे , सल्लाहकार ज्ञान्देव घिमिरे तथा कार्यक्रममा सहयोग गर्ने सहयोगीलाई समेत दोसल्ला तथा प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।
वर दुबई स्थित क्लब एभरेस्टमा भएका सो कार्यक्रममा नेपाली समाजमा आबद्द ६४ बढि संस्थाका प्रतिनिधि सहित ६०० बढि दर्शकहरूको उपस्थिति थियो । उपस्थित दर्शकहरूलाई सांस्कृतिक मनोरंजन संगै नेपाली मौलिक परिकारहरू समेत व्यबस्था गरिएकोथि यो ।

कार्यक्रममा, युएईमा रहेका प्रतिभावान् कलाकारहरू बिरेन बिसि, बिरू ओलि, सुस्मिता रेग्मि, नेप्लिज डान्स ग्रुपको प्रस्तुतिले रौनक थपेको थियो ।
कार्यक्रम संस्थाकी महिला सचिब सुस्मा सुनारको स्वागत तथा महासचिव सुरेन्द्र परियारको संचालनमा सम्पन्न भएको थियो ।
सैनामैना सेवा समाजले अघिल्ला बर्षहरूमा पनि तिज कार्यक्रम मार्फत संकलित रकम मार्फत सैनामैनाका सामुदायिक बिधालयमा ३ लाख बराबरको अक्षयकोष स्थापना गरिसकेको छ ।

