अनिल नेपाली
अर्घाखाँची । नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले भगवती माध्यमिक विद्यालय सन्धिखर्क २ चुत्राबेसीमा छात्रबृति वितरण गरेको छ । छात्रबृति प्राप्त गरेपछि विद्यार्थीहरु पनि खुशी भएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समितिद्धारा स्थापीत अक्षयकोषबाट उत्कृष्ट तथा जेहेन्दार ३ जना विद्यार्थीलाई छात्रबृति वितरण गरिएको संगठनका जिल्ला अध्यक्ष पशुपति खनालले बताए ।
कक्षा १० को एसइई परीक्षामा उत्तिर्ण हुने उत्कृष्ट तथा जेहेन्दार स्थान हासिल गर्न सफल विकास पौडेल, समिक्षा खनाल र निर्जला बन्जाडेलाई प्रमाणपत्र सहित २५ सय रुपैया नगद छात्रबृति वितरण गरिएको संगठनका केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज गणेशप्रसाद भण्डारीले जानकारी दिएका छन ।
“शहिद मनोज–सुरेन्द्र–झपेन्द्र स्मृतिको अवसरमा अक्षयकोषबाट छात्रबृति वितरण कार्यक्रममा संगठनका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गणेश प्रसाद भण्डारी, भगवती माध्यमिक विद्यालयका प्रधनाध्यापक ध्रुब केसी, कर्मचारी हरुको आधिकारिक ट्रेड युनियनका जिल्ला उपाध्यक्ष हरि प्रसाद डुम्रे लगायतका कर्मचारी, शिक्षक, विद्यार्थी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
अक्षय कोषको सावाँ रकमलाई ५० हजार १ सय १ रुपैया रहेकोमा २५ हजार थप गरी ७५ हजार १ सय १ रुपैया पुराउने संगठनका जिल्ला अध्यक्ष खनालले घोषणा गरेका छन ।

