अर्घाखाँचीको छत्रदेव गाउँपालिका ४ ओडारामा घरको धुरी प्लास्टर गर्ने क्रममा खसेर गम्भीर घाइते भएका स्थानीय ४२ बर्षिय बाबुराम बिकको उपचारको क्रममा निधन भएको छ ।
स्थानीय राम बहादुर नेपालीको घरमा काम गर्ने क्रममा घरमा प्लास्टर गर्दा धुरिबाट खसी गम्भीर घाईते भएका विकको उपचारको क्रममा अर्घाखाँची अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक डिएसपी चक्र बहादुर मल्लले बताएका छन ।