मुगुको छायानाथ रारा नगरपालिकामा चरिरहेका खच्चरहरूलाई करेन्ट लाग्दा करेन्ट लागेर घटनास्थलमै १० वटा खच्चरको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १२ लुम्सोस्थित विधुतको ट्रान्सफर्मरबाट करेन्ट लिक हुँदा उक्त घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार आइतबार भएको उक्त घटनामा तीन जना किसानका खच्चरहरू मरेका हुन् । मृतक खच्चरहरूमध्ये छायानाथ रारा नगरपालिका–१० का जोगीबहादुर बुढुवालका तीन, सोही नगरपालिका वडा नम्बर १ का पृथ्वी बहादुर ऐडीका तीन र कर्णबहादुर मल्लका चार वटा रहेका छन ।
एकै पटक १० वटा खच्चर गुमाउँदा किसानहरूलाई ठूलो आर्थिक क्षति पुगेको छ र उनीहरूको रोजीरोटीमा गम्भीर असर परेको छ। दुर्गम हिमाली जिल्ला मुगुमा खच्चरलाई ढुवानी र यातायातको प्रमुख साधनका रूपमा प्रयोग गर्ने गरिन्छ । पीडित किसानहरूले सम्बन्धित निकायबाट उचित क्षतिपूर्तिको माग गरेका छन ।