एकाविहानै यस्तो स्टाटस लेखेर सम्पर्कविहिन भए डा.केशव श्रेष्ठ

रामेछाप जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिन्टेन्डेन्टको रूपमा कार्यरत डा. केशव श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्क विहीन भएका छन

आज बिहान सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेखेपछि उनी अचानक सम्पर्कबाट टाढा भएका हुन् हालउनको मोबाइल पनि बन्द रहेको जनाइएको

श्रेष्ठको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीप कुमार सिंहले जानकारी दिएका छन

यस्तो स्टाटस पोष्ट गरेर सम्पर्क विहिन भएका थिए डा श्रेष्ठ !

सबै जनालाई अलविदा

मलाई माफ गरिदेउ सानु, धेरै संघर्ष गरेर मम्मीले मलाई डाक्टर बनाउनु भयो। संघर्षसंघर्षैमा डाक्टर पढ़े, करारको जागीर हुदै नेपाल प्रहरी हुदै अहिलेको बागमती प्रदेशको लोकसेवा बाट नाम निकाले

करीब २५ महिना सेवा गर्दा १८ महिना अस्पतालको निमित मेडिकल सुपरिण्टेंडेंट भएर चलाउने मौका पाए। दिनरात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागे । म प्रमुख भए पछि काम चोर्ने, ठग्ने, system मा नबस्ने कर्मचारीहरूको भागाभाग हुनथाल्यो

डा गगन अधिकारी रामेछाप अस्पताल बाट सरुवा भएर गए पनि रामेछाप अस्पतालको कहिले डाक्टर कहिले नर्स मेरो विरुद्धम लगाईनै राख्यो, तर डटेर नै काम गरे ।एउटा ब्यबस्थित अस्पताल बनाए पनि, हरेक कुरालाई system मा लिएर आए

केदार कार्कीले(रामेछाप०८) मागेको पैसा नदिदा अनि उसले भनेको कार्यालय सहयोगी लाई जागीर नलगाउदा उसको नेतृत्वमा मैलेकार्यवाही (स्पष्टीकरण सोधेका जना डाक्टर अनि अरु जना महिला डाक्टर)गरेका डाक्टरहरू लाई प्रयोग गरेर अहिले मलाई बिभिन्न झूठा आरोपहरू लगाएर मेरो सरुवा गराए ।

एप्रन (apron)किन नलगाएको भनेर एक जना डाक्टर लाई प्रश्न मात्र गरेको थिए माथी मुखमुखै  लागेर morning conference मा प्रस्तुत भई तेही डाक्टरले तेही दिन केदार कार्की लाई बोलाएर मेरो कार्यकक्षमा मलाई थर्कायो  मलाई धन्नै हात हालेन, हाम्रो अस्पतालको अधक्ष्यज्यूको अगाड़ी, दिनमा तेरो सरुवा गरिन भने मेरो नाम पनि केदार होइन भनेर धम्कि दिएर हिड्यो

केदारले भनेको बामोजिम अस्पताल चलाउनु पर्ने, उसले खाएको होटलको बिल तिर्नु पर्ने ,विज्ञापन गर्दा उसको नै मान्छे राखिदिनु पर्ने आफ़नो कार्यकक्षमा नबस्ने, आफ़नो बाउको राजनीति power को दम्भ देखाउने, बाहिर lab संग CD/RPD  को comission को  deal गर्ने, पटकपटक भन्दा पनि आफ़नो कार्यकक्षमा नबस्ने गरेको पाए पछि लिखित स्पष्टीकरण सोधे ।

तेही  स्पष्टीकरण सोधिएकाहरू लाई प्रयोग गरेर, बदलाको भावनाले प्रतिशोध साधेर मेरो बिरुद पत्र लेख्न लगाएर सुनियोजित ढंगले मलाई रामेछाप छोड़न बाध्य बनाईयो

अब भोलीको दिनमा स्पष्टीकरण खाएका, कार्यवाहीमा परेका करारका , जना कर्मचारीले कार्यालय प्रमुखको विरुद्धमा निवेदन लेखेभने अरु अस्पतालको हाकिमलाई सरुवा गर्ने कि नगर्ने ? मैले आफ़नो कुरा राख़्न खोजे तर सुनुवाई कतै भएन स्वास्थ्य मन्त्रालयको मन्त्रीले, स्वास्थ्य मन्त्रालयको साचिबले नै सुन्नु भयो

शरीरमा १६ ओटा टाका अनि वर्षको छोरी श्रीमतीलाई लिएर राती बजे रामेछाप बाट काठमाण्डौ आउन बाध्य पारियो, बिहान बजे काठमाण्डौ आईपुगे अनि बजे फेरी हाजिर हुन काठमाण्डौ बाट हेटौडा लागे नया आएको निमित मेसू लाई हाजिर गराउन CDO कार्यालयमा call गर्ने स्वास्थ्य मन्त्रालयले मेरो सुरक्षाको लागी चाही किन CDO लाई call गरिएन? २०८२/०२/२८ गते दिउसो बजेछानबिन समिति अस्पताल आउने अनि घण्टा पछी बजे तिर मेरो सरुवा को पत्र अनि फेरी २४ घण्टामा मन्त्रालय हाजिर हुन आउनुभन्ने? यो कत्तीको न्यायोचित ?

हेटौडा पुगे पछि स्वास्थ्य मन्त्रालयको प्रमुख प्रशासकीय अधिकृत कुमार पोखरेलले पनि अमानबिय व्यवहार गरि मैले बरबुझार्थ केही नगरी मन्त्रालयमा गाड़ी खोसे, हाजिर पनि नगरेको लाई गाड़ी मा रामेछाप पठाईयो , मलाई अमानवीय व्यवहार गरेर हेटौडामा अल्पत्रपारे। सरुवा गरिएको हेटौडा अस्पतालमा तर हाजिर गराईएको मन्त्रालयमा । मलाई धेरै दुख दिए, अहिले यो दुख/पिड़ा सहन अनिसोचन पनि सकेको छैन। मैले ज़िन्दगी बाट नै हार खाए । कतै बाट केही साथ/सहयोग पाउन सकिन।

डा. नरेन्द्र झा, रेबती थापाको आर्थिक चलखेलमा मलाई असार मसान्तमा सरुवा गरे बाचे भने न्याय पाउछु जस्तो लागेन। असत्यको जित भएको पनि मुर्गदर्शक भएर बस्न पनि मन लागेन

मैले बाचेर यही सत्य कुरा लेखेको भए मलाई मन्त्रालयले कार्यवाही गर्ने, का..मू मा थोरै अंक दिने गर्ने थिए होलान, सानो कर्मचारीभनेर मेरो आवाज दबाउने कोसिस गर्ने थिए होलान ।म मानसिक रूपमा कमजोर हुन पुगे, अहिले बििक्षपत हुन पुगेको छ। one man army भनेर चिनिएको थिए अहिले आएर हार खाए

मलाई माफ गरिदिनु मम्मी, भावना अनि छोरी हिम्मत नहार्ने मान्छे आज आएर हिम्मत हार्न पुगे, एक्लै लड़ने मान्छे आज आएर गलिसकेको छु । मलाई साथ दिएर यहा सम्म लिएर आउने डा अनिल कार्की , बद्री खड़का sir, माननीय उत्तम जोशी sir  हजुरहरू लाई धेरैधन्यवाद छ। तपाईहरूले दिएको जिम्मेवारी ईमानदारीका साथ निर्वाह गरि अस्पताल बनाए।

तर आज आएर मैले ग़ल्ति बिनाको सजाय भोगेको छु।आज मलाई दुख दिने, आत्महत्या गर्न बाध्य पार्नेहरू ले कानून बमोजिम सजायनपाए सम्म मेरो आत्माले शान्ती पाउने छैन।दुर्गममा वर्ष बसेर अस्पताललाई उत्कृष्ट बनाए(१५ बेडमा नेपालको उत्कृष्ट तेस्रो अनिअहिले ५० बेडको हुदा बागमती को दोस्रो)अहिले पुरस्कृत हुनु पर्नेमा कार्यवाही खाएको छु

नेपालमा नै केही गरौ भनेर बसेको अहिले पश्चाताप लागेको यथार्थ के हो भन्ने कुरा छबि sir (अस्पताल प्रशासन), बसन्त, डोरबहादुर सर तपाई हरू लाई थाहा , भोली परेको बेला  यथार्थ कुरा बोलिदिनु होला यही हो यथार्थ कुरा, धेरै ले बुझ्न, सुन्न नै खोजनुभएन ।मेरो लाश माथी राजनीति नहोस तर यी अपराधीहरू लाई कानूनको कठघरामा लिएर आउन सबै लाई अनुरोध गर्दछु

फेरी पनि मलाई माफ गरिदिनु मम्मी, भावना, छोरी, भाईबुहारी, बहिनी अनि भान्जी

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?