राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा असार तेस्रो साता भित्र प्रकाशन गर्ने भएको छ ।
नेपाल शिक्षक महासङ्घको आह्वानमा काठमाडौं केन्द्रीत सडक प्रदर्शनका कारण उत्तरपुस्तिका परीक्षण झन्डै एक महिना ढिलो गरी सुरु भएको थियो । जसको कारण यस पटक नतिजा प्रकाशनमा गत वर्षभन्दा केही दिन ढिलो हुन लागेको हो ।
अहिले अघिकांश जिल्लाबाट उत्तरपुस्तिका परीक्षण सम्पन्न भएर प्राप्ताङ्क केन्द्रमा आइसकेको र परीक्षार्थीको प्राप्ताङ्कलाई कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको बोर्डका परीक्षा नियन्त्रक कक्षा १० डा. गणेश भट्टराईले जानकारी दिए ।