३१ जेठ, बुटवल । गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाज नेपालको केन्द्रीय समितिको आठौं बार्षिक साधरण सभा तथा अधिबेशन सम्पन्न भएकोछ । बुटवलमा सम्पन्न अधिवेशनले १७ सदस्यीय कार्यसमिति तथा ३ सदस्यीय लेखा समिति निर्विरोध निर्वाचित गरेको छ ।
आज निर्वाचित समाजको अध्यक्षमा बिष्णुहरि पन्थी ,उपाध्यक्षमा राम प्रसाद पन्थी, सचिवमा प्रकाश पन्थी , कोषाध्यक्षमा पिताम्बर पन्थी ,सहसचिवमा हिरण्य पन्थी रहेका छन ।
त्यस्तै सदस्यहरूमा अच्युतराज पन्थी,देविराम पन्थी,राम प्रसाद पन्थी,पुनाराम पन्थी ,सावित्रा पन्थी,नारायणपन्थी,मगज पन्थी,मिनराज पन्थी,राजु पन्थी,रबिलाल पन्थी र रोमहर्ष पन्थी तथा लेखा समिति संयोजकमा कृष्ण प्रसाद पन्थी,लेखा सदस्यमा पुष्पा पन्थी र दामोदर पन्थी रहेको निर्वाचन समिति संयोजक कांशीराम पन्थीले जानकारी दिए ।
गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाज नेपालका केन्द्रीय अध्यक्ष बासुदेव पन्थीको अध्यक्षतामा , संस्थाका सल्लाहकार तथा लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीको प्रमुख आतिथ्य तथा पुर्व लुम्बिनी प्रदेश सांसद बिमला पन्थीको बिशिस्ट आतिथ्यता रहेको थियो ।
समाजकको केन्द्रीय उपाध्यक्ष बिष्णुहरि पन्थीको स्वागत मन्तव्य तथा कार्यक्रमको संचालन समाजका सचिव राम प्रसाद पन्थीले गरेका थिए ।
कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष प्रकाश पन्थीले आर्थिक प्रतिबेदन,सचिव राम प्रसाद पन्थीले संस्थाको प्रगति प्रतिबेदन तथा अध्यक्ष बासुदेव पन्थीलेआफ्नो कार्यकालमा भएका कार्यक्रमको झलक प्रस्तुत गरेका थिए भने विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए ।