अनिल नेपाली
३१ जेष्ठ,अर्घाखाँची । पछिल्लो समय जुनसुकै उमेर समूहका मानिसमा मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा २५ प्रतिशत मानिसलाई कुनै न कुनै प्रकारको मानसिक समस्या देखिएको बरिष्ठ नशा तथा मानसिक रोग बिशेषज्ञ डा.सन्जिभ रन्जनले बताउनुभयो ।
लामो समयदेखि भैरहवा मेडिकल कलेजमा कार्यरत डा.रन्जनले यस्तो बताउनुभएको हो । अर्घाखाँचीको सन्धिखर्कमा रहेको जन्मभूमि अस्पताल प्रा.लि.मा प्रत्येक महिनाको शनिबार सेवा प्रारम्भ गदै आउनु भएका डा.रन्जनले यस्तो बताउनुभएको हो ।
डा.रन्जनले पछिल्लो समयमा मानसिक रोग धेरै मानिसमा रहेको जुनसुकै समयमा देखा पर्ने बताउदै यसको समयमै उपचार गरे निको हुने बताउनुभयो । डा रन्जनले रुघाखोकी, टाउको दुखेमा तुरुन्तै थाहा पाइन्छ तर शरीरको परीक्षण गर्दा नदेखिने रोगलाई मनोरोग भन्न सकिन्छ ।
यो भिडियो एक्सरे,सिटी स्क्यान, इन्डोस्कोपी, रगत जाँच गर्दा पनि देखिँदैन विभिन्न स्वास्थ्य समस्या छ तर जनरल हेल्थ चेकअप गर्दा पनि देखिएन भने मानसिक रोग लागेको हुनसक्ने रन्जनले बताए । डा.रन्जनका अनुसार मानिसको मन र मस्तिष्कसँग गाँसिएको हुन्छ । जब त्यसमा गडबडी हुन्छ, उसको दैनिक क्रियाकलापमा परिवर्तन आउन थाल्छ ।
जसमा मन डराउने, काम गर्न जाँगर नहुने, निद्रा नलाग्ने, कसैलाई अरुको अगाडि जान डराउने, छटपटी हुनु, मर्ने सोच आउनु, मर्ने प्रयास गर्नु, डर लाग्नु, एक्लैबस्न मन पराउनु, एकोहोरो हुनु, धेरै रिसाउने, दैनिक कामहरू पूरा गर्न नसक्नु मानसिक समस्याका लक्षणहरु भएको बताउदै उनले यीसमस्या प्राय लागुपदार्थ, मध्यपान, धुम्रपान लगायतका लत भएका मानिसमा यी समस्या देखिएको बताए ।
डा रन्जनले मानसिक रोगीको उपचार अन्य शारीरिक समस्या जस्तै मानसिक समस्या पनि उपचार मार्फत नियन्त्रण गर्न सकिने मानसिक समस्यालाई उपचार मार्फत नियन्त्रण गर्न सकिन्छ । “सामान्य खालका मानसिक समस्या परार्मश र आफ्ना कुरा कसैसँग भनेर नियन्त्रण गर्न सकिने बरिष्ठ नशा तथा मानसिक रोग विशेषज्ञ डा रन्जनको भनाई रहेको छ ।
अस्पतालले निशुल्क रूपमा विरामीलाई ओपिडि लगायतका अन्यसेवा उपलब्ध गराउदा अस्पतालमा उपचार गराउन आउने सङ्ख्या उल्लेखनीय रहेको विरामीलाई सहज रूपमा फाईदा भएको विरामी तथा सेवाग्राही मनि नेपालीको भनाइ छ ।
अस्पतालले छोटो समयमा जिल्लामा जिल्लामा जिल्लावासीको पक्षमा सकारात्मक र रचनात्मक काम गदै स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराएको अस्पतालले दैनिक रूपमा ओपिडि लगायत अन्य सेवा निशुल्क उपलब्ध गराएको जन्मभुमि अस्पताल प्रा.लि.का निर्देशक डिल ब थापा बिन्दुले बताए ।
थापाका अनुसार अस्पतालमा दैनिक रूपमाअपांग,असहाय, गरिब, जेष्ठ नागरिक, न्यून आम्दानी भएका दिर्घ रोगका बिरामीलाई विशेष छुट सहित उपचार गरेको बताए ।