देशभरका गौली पन्थी प्रतिनिधि बुटवलमा, नयाँ नेतृत्व चयन हुँदै

३१ जेठ, बुटवल गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाज नेपाल केन्द्रिय समितिको आठौँ साधारण सभा तथा चौथो अधिवेशन सुरु भएको

आज जेठ ३१ गते देशभरका गौली पन्थी  प्रतिनिधि नयाँ नेतृत्व चयन गर्न  बुटवलको शुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विधालयको हलमा भेला भएका हुन

देशभर बाट सय जति प्रतिनिधि बुटवलमा भेला भएर गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाज नेपाल केन्द्रिय समितिको नयाँ नेतृत्व चयन गर्न लागिएको गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाज नेपाल केन्द्रिय कोषाध्यक्ष प्रकाश पन्थीले बताए

२०७० सालमा देशभरका गौली पन्थीहरुलाई एकिकृत सङ्गठित गर्ने  उदेश्यले स्थापना गरिएको गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाज नेपालका अध्यक्ष बासुदेव पन्थीले बताए

आज बुटवलमा लुम्बिनी प्रदेशसभा सदस्य बिष्णु पन्थी, प्रदेशसभा सदस्य बिमला पन्थी लगायतको उपस्थितिमा गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, रुपन्देही, चितवन, तनहुँ, लमजुङ सहित देशभरका दर्जनौँ जिल्लाको सहभागितामा  आयोजना गरिएको आठौँ साधारण सभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ

२०७० सालमा गुल्मीको मदाने भनभनेका स्वर्गिय  चन्द्रकान्त पन्थीको अग्रसरतामा भनभनेकै खिमानन्द पन्थी, गुल्मी वाग्लाका धुर्वराज पन्थी लगायतको सहभागितामा स्थापना गरिएको गौली पन्थी समाजको हाल १३ सदस्यिय केन्द्रिय समिति सदस्यिय लेखा समिति रहेको

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?